भारततर्फ निकासी हुन लागेको ३०० क्विन्टल हरियो केराउ बरामद
काठमाडौं। प्रदेश २ प्रहरीले नेपालबाट भारततर्फ तस्करीका लागि तयारी अवस्थामा राखेको ६ हजार ५ सय बोरा (३०० क्विन्टल) हरियो केराउ नियन्त्रणमा लिएको छ । भारततर्फ अवैध रुपले निकासी हुन लागेको हरियो केराउलाई प्रदेश २ प्रहरीले नियन्त्रणमा लिएको हो । केराउसँगै प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रालीका म्यानेजर प्रभात श्रेष्ठ पक्राउ परेका छन् ।
प्रदेश २ प्रहरी कार्याललले विशेष सूचनाका आधारमा प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रालीले भारततर्फ तस्करीका लागि तयारी अवस्थामा राखेको केराउ बरामद गरेको प्रदेश २ का डीआईजी धिरज प्रताप सिंहले बताए । सो परिणामको केराउ ललितपुरका ब्यापारी वेदान्त जंग राणाको हो।
तस्करी हुन लागेको सो हरियो केराउको बजार मूल्य दुई करोड ६० लाखभन्दा धेरै हुने बताइएको छ। नेपाल–भारत सीमा नाका नजिकै इनारवा गाउको एक गोदाममा भारततर्फ तस्करीका लागि लुकाएर राखेको अवस्थामा फेला पारेको थियो। बुधबार प्रहरीले ठूलो परिणामको केराउ तस्करीका लागि राणाले प्रयोग गर्ने गरेको ना ६ त ८७१० नम्बरको ट्याक्टर समेत नियन्त्रणमा लिएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment