बाबरी मस्जिद भत्काउने आरोपीलाई सफाई दिएपछि पाकिस्तानको कडा प्रतिक्रिया
नयाँ दिल्ली(एजेन्सी)। भारतको अयोध्यास्थ्ति बाबरी मस्जिद भत्काएको प्रकरणमा आरोप खेपिरहेका भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले केन्द्रीय जाँच ब्यूरो (सीबीआई)को विशेष अदालतबाट सफाई पाएका छन्।
भाजपाका शीर्ष नेताहरु लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारतीलगायतका आरोपीहरुलाई निदोष ठहर गरिएको छ।
विशेष अदालतले त उनीहरुले मस्जिदलाई बचाउने प्रयास गरेकोसमेत बताएको छ। र यो प्रकरणमा कसैलाई पनि दोषी ठहर गरिएको छैन। आरोपितहरुमाथि आरोप पुष्टि गर्ने बलियो प्रमाण नभएको भन्दै विशेष अदालतले आरोपीलाई निदोष ठहर गरेपछि अदालतको फैसलामाथि नै प्रश्न उठिरहेको छ। एकजना भारतीय मुस्लिम नेताले व्यंग्य गरेका छन्, ‘के भूकम्पमा मस्जिद भत्किएको हो?’
त्यसो त प्रमुख विपक्षी दल भारतीय काँग्रेसले पनि अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ। उसले बाबरी मस्जिद ढाल्नेहरुलाई अदालतले सजाय दिन नसकेको बताएको छ।
उता पाकिस्तानले यो विषयमा कडा प्रतिक्रिया जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले स्टेटमेन्ट जारी गर्दै ‘जुन पूर्वनियोजित रथ यात्रा र बीजेपी, विहिप र संघ परिवारका नेतहरुको भीडलाई उस्काएका कारण मस्जिद भत्काइयो, जुन आपराधिक कृत्यको टीभीमा लाइभ प्रसारण भयो, त्यसमा फैसला आउन तीन दशक लाग्यो। यसले संसारलाई देखाउँछ, हिंदुत्ववादबाट प्रभावित भारतीय न्यायपालिका एकपटक फेरि न्याय दिन असफल भएको छ।’







डिसी नेपाल








Facebook Comment