एचआइभी संक्रमणबाट पूर्ण रुपमा निको भएका व्यक्तिको क्यान्सरका कारण मृत्यु
काठमाडौं। एचआइभी संक्रमणबाट मुक्त भएका विश्वकै पहिलो व्यक्ति तिमोथी रे ब्राउनको क्यान्सरका कारण मृत्यु भएको छ । ब्राउन ५४ वर्षका थिए र उनलाई द बर्लिन पेशेन्टको रुपमा पनि चिनिन्थ्यो । ब्राउनका पार्टनर टिम हफगेनले सामाजिक संजालमा पोस्ट गर्दै पाँच महिनासम्म क्यान्सरसँग जुधेपछि ब्राउनको मृत्यु भएको जानकारी दिए ।
बीबीसीको रिपोर्टअनुसार तिमोथी रे ब्राउनलाई सन् २००७ मा एक दाताले दिएको बोन म्यारो प्रत्यारोपण गरिएको थियो । ती दाता प्राकृतिक रुपमै एचआइभी प्रतिरोधी थिए र उनको बोन म्यारो तिमोथीको शरीरमा प्रत्यारोपण गरिएपछि उनको शरीरमा समेत एचआइभी प्रतिरोधी क्षमता विकसित भएको थियो । यससँगै उनी बाँकी जीवनका लागि एचआइभी मुक्त भएका थिए ।
उनले सफलतापूर्वक एचआइभीलाई जितेपछि एचआइभीका बिरामी र उपचारमा संलग्न डाक्टरहरुले एचआइभीको उपचार सम्भव भएको मानेका थिए र उनीहरुमा आशाको संचार भएको थियो । बोन म्यारो प्रत्यारोपणपछि तिमोथी एचआइभीबाट त मुक्त भए तर क्यान्सर पीडित भएका थिए ।
१९९५ मा ब्राउन बर्लिनमा बस्दै गर्दा उनीमा एचआइभी संक्रमण पुष्टि भएको थियो । २००६ मा उनीमा अर्को एक किसिमको रक्त क्यान्सर भएको पहिचान भयो । ब्राउन १ वर्षभन्दा धेरै समयसम्म एचआइभीको उपचारपछि पूर्ण रुपमा स्वस्थ रहेका थिए । पछिल्लो समय उनी क्यालिफोर्नियास्थित आफ्नो घरमा डाक्टरको निगरानीमा थिए ।







डिसी नेपाल








Facebook Comment