कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण

रासस
१५ असोज २०७७ १७:५५

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएको बताए ।

“उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य छ”, प्रमुख स्वकीय सचिव कलौनीले भने, “उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा बसेका छन् ।” उनका अनुसार एक साता पहिले कार्यालयका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको उनले जनाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *