नाकबाट स्वाब लिने क्रममा मस्तिस्कको झिल्ली फुट्यो, नाकबाट फ्लुड बग्न थाल्यो
काठमाडौं। कोभिड–१९ को लागि नाकबाट स्वाब लिने क्रममा अमेरिकामा एक महिलाको मस्तिस्कको झिल्लि फुटेर नाकबाट फ्लुड बग्न थालेपछि उनको स्थिति निकै गम्भीर भएको खुलासा भएको छ । बिहीबार एक मेडिकल जर्नलले डाक्टरलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ४० को उमेरकी ती महिला बिरामी निदान हुन नसकेको दुर्लभ स्वास्थ्य स्थितिबाट ग्रसित थिइन्। उनको परीक्षण सही तरिकाले नभएको पाइएको छ ।
यो घटनाले स्वासथ्यकर्मीले परीक्षणको प्रोटोकल गम्भीरतापूर्व पालना गर्नुपर्ने र सचेत हुनुपर्ने देखिएको यो दस्तावेजका बरिष्ठ लेखक जेरेट वाल्शले एएफपीसँग भने । उनले टाउकोसँग सम्बन्धित सर्जरी गरेका व्यक्तिहरुले उपलब्ध भएसँग मुखबाट स्वाब लिन आग्रह गर्नुपर्ने उनले बताए । डा. वाल्शका अनुसार ती महिलाले स्वाब दिनुअघि उनको हर्नियाको अपरेशन भएको थियो । स्वाब लिने क्रममा मस्तिस्कमा क्षति पुगेपछि उनलाई टाउको दुख्ने, बान्ता हुने, घाँटीको समस्या र प्रकाशमा हेर्न नसक्ने समस्या देखिएको थियो र उनलाई तत्कालै डा. वाल्शको निगरानीमा पठाइयो ।







डिसी नेपाल








Facebook Comment