रुखमुनि बसेर उपन्यास पढ्दै आइडिया सिक्दै १०० भन्दा धेरै युवती फसाउने युवक पक्राउ
काठमाडौं। चर्चित लेखक दुर्जोय दत्ताको उपन्यास ‘वर्ल्डज बेस्ट ब्वाइफ्रेण्ड’ पढेर १०० भन्दा धेरै युवतीलाई फसाएर ब्ल्याकमेल गर्ने एक युवकलाई भारतको उत्तर प्रदेश प्रहरीले पक्राउ गरेको छ । हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार यी युवकले रुखमुनि बसेर यो उपन्यास पढ्थे र यसबाट युवती फसाउनको लागि उनीहरुलाई प्रभावित पार्ने कुराहरु सिक्थे । यिनै कुराबाट युवतीहरुलाई आफ्नो प्रभावमा पार्थे र पछि ब्ल्याकमेल गर्थे ।
२८ वर्षका रवि सिंह नामका यी युवकले युवतीहरुसँग पहिले प्रेमपूर्ण कुरा, गर्थे युवती प्रभावित हुँदै गएपछि उनको कुराकानी पनि अश्लील हुँदै जान्थ्यो । अन्ततः पूर्ण रुपमा अश्लील कुरा हुन थालेपछि उनीहरुको अश्लील च्याट र फोटो भाइरल गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्थे । रविलाई पुलिसले उत्तर प्रदेशको ग्रेटर नोएडाबाट पक्राउ गरेको हो । पुलिसले रविको साथबाट २५ फरक फरक कम्पनीका सिमकार्ड, ५ मोवाइल फोन सेट, ९ वटा फेक आइडी, ६ वटा डेबिट कार्ड बरामद गरेको छ । यी सबै सिमकार्ड र फोन उनी युवतीहरुसँग कुरा गर्नको लागि प्रयोग गर्थे ।
आरोपीको साथबाट बरामद फोनमा पुलिसले एक दर्जनभन्दा बढी युवतीका अश्लील फोटो र च्याटको स्क्रिनसट फेला पारेको छ । पक्राउ परेका रविले ग्रेटर नोएडाको सिटी पार्कमा गएर रुखमुनि बसेर चर्चित उपन्यास ‘वर्ल्डज बेस्ट ब्वाइफ्रेण्ड’ पढथे । उनीमाथि १०० युवतीलाई ब्ल्याकमेल गरेको आरोप छ । रवि मूल रुपले एटा जिल्लाको बासिन्दा भएको समाचारमा जनाइएको छ । ग्रटर नोएडाका एडिसनल डेपुटी कमिश्नर अफ पुलिस विशाल पाण्डेका अनुसार बुधबार सिटी पार्कमा एक युवकको शंकास्पद गतिविधिबारे जानकारी पाएपछि पुलिसले उनलाई पक्राउ गरेको हो ।
पाण्डेका अनुसार पुलिस टिम सिटी पार्कमा पुग्दा रविले रुखमुनि बसेर थुप्रै फोनहरुबाट थुप्रै युवतीहरुसँग च्याट गरिरहेका थिए । पुलिसले उनीसँग एउटा डायरी पनि बरामद गरेको छ जसमा ५० भन्दा धेरै युवतीको नम्बर लेखिएको छ । ‘नम्बरको छेउमा लेखिएका नामहरु आनफूले मात्र बुझ्न सक्ने गरी कोडमा लेखिएका थिए । हामीले सोधपुछ गर्दा उसले विगत २ वर्षदेखि युवतीहरुलाई झुटो बोलेर फसाइरहेको बताएको छ’ पाण्डेले भने ।
सिंहले पुलिसलाई बताएअनुसार उनी ग्रयाजुएट हुन् । उनलाई उपन्यासले महिलाले मित्रता र सम्बन्धमा के चाहन्छन् भन्ने बुझ्न सिकाएको छ । उनले उपन्यासका कैयौं डाइलगहरु सामाजिक संजालमा भेटिने युवतीहरुलाई प्रभावित पार्न प्रयोग गर्ने गरेका थिए । पछि उनले ती युवतीहरुलाई फोन गर्थे र उनीहरुबाट पैसा वा यौनजन्य लाभ लिन उनीहरुलाई भेट्ने गर्थे । उनले ती युवतीहरुलाई उनीहरुको च्याट र फोटो भाइरल गरिदिने धम्की दिँदै ब्ल्याकमेल पनि गर्ने गरेका थिए । उनले युवतीहरुलाई ब्ल्याकमेल गरेर उनीहरुको डेबिट कार्ड र क्रेडिट कार्डको नम्बर दिन बाध्य पारेर त्यसबाट अनलाइन सपिङ गर्थे । स्थानीय थाना प्रमुख सुजित उपाध्यायले उनको फोनको जाँचमा उनले सयभन्दा धेरै युवतीलाई यौन र पैसाको लागि ब्ल्याकमेल गरेको पाइएको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment