१० वर्ष कान्छा निकसँग इन्गेजमेन्ट गरेकी प्रियंका आउँदो डिसेम्बरमा बिहे बन्धनमा बाँधिदै

डिसी नेपाल
३ कार्तिक २०७५ ८:४३

एजेन्सी । अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको बिहे मिति तय भएको छ। प्रियंका र निकको बिहे यही आउँदो डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहे भारतको जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ। बिहेको तयारीका लागि निक भारत आएका छन्। दुवैका परिवार बिहेको तयारीमा जुटेका छन्।

हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियंका पछिल्लो समय फिल्मी क्षेत्रबाट बिदामा छिन्।

निकसँगको सम्बन्धकै कारण प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन। भारत छोडेलगत्तै आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रियंकाले इन्गेजमेन्ट गरेकी थिइन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *