‘युवराज खतिवडाले राजीनामा दिएकै दिन विष्णु पौडेललाई अर्थ मन्त्री बनाउने सहमति भएको थियो’

मदन कोइराला
२१ असोज २०७७ ८:४८

काठमाडौं। अर्थमन्त्रीबाट युवराज खतिवडाले राजीनामा दिएकै दिन प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमति भएको खुलेको छ।

पार्टीको महासचिव, दुवै अध्यक्षसँग निकट सम्बन्ध र अर्थमन्त्रालय सम्हालिसकेको अनुभव भएका कारण पौडेललाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिने ओली र प्रचण्डबीच सहमति भइसकेको हो।

अर्थमन्त्री खतिवडाले भदौ २९ गते पदबाट राजीनामा दिएका थिए। खतिवडाले राजीनामा दिएलगत्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच महासचिव पौडेललाई अर्थमन्त्री बनाउने सहमति भएको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दिएको छ।

‘अर्थमन्त्री विशेष गरी प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई बनाइन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘युवराजजीले राजीनामा दिएलगत्तै अध्यक्षद्वयबीच महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमति भइसकेको छ।’

विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वर्षमान पुनमध्ये कसलाई मन्त्री बनाउँदा उपयुक्त हुन्छ भनेर छलफल हुँदा प्रधानमन्त्री ओलीले पार्टीको महासचिव, दुवै अध्यक्षको विश्वास पात्र, समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने र अर्थमन्त्रालय सम्हालेको अनुभवका हिसावले पौडेल नै उचित हुने बताएपछि त्यसमा प्रचण्डले सहमति जनाएक थिए।

अर्थमन्त्रीबाट खतिवडाले राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओली र प्रचण्डबीच तीन जना नेताको विषयमा छलफल भएको थियो। विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वर्षमान पुनमध्ये कसलाई मन्त्री बनाउँदा उपयुक्त हुन्छ भनेर छलफल हुँदा प्रधानमन्त्री ओलीले पार्टीको महासचिव, दुवै अध्यक्षको विश्वास पात्र, समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने र अर्थमन्त्रालय सम्हालेको अनुभवका हिसावले पौडेल नै उचित हुने बताएपछि त्यसमा प्रचण्डले सहमति जनाएक थिए।

‘झण्डै एक महिला अगाडि नै विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमति भइसकेको थियो, अहिले कतिपयले उहाँलाई अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि लगाउने गरेका छन्, यो सतही टिप्पणी हो,’ ओली निकट स्रोतले भन्यो, ‘उहाँ अहिले पनि राजधानी बुटवल नै उपयुक्त स्थान हो भन्ने पक्षमा हुनुहुन्छ। यद्यपी पार्टी गरेको निर्णयलाई मैले अस्वीकार गर्न मिल्दैन भन्ने उहाँको भनाइ छ।’

प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा दशैं अगाडि नै मन्त्री नियुक्ती गर्न चाहेका छन्। मन्त्रिपरिषद पुनर्गठन दशैं पछाडि गरेपछि रिक्त मन्त्रालयमा मन्त्री दशैं अगाडि नै गर्ने गरी दुई अध्यक्षबीच दैनिकजसो छलफल भइरहेको छ।

‘रिक्त मन्त्रालय सधैं प्रधानमन्त्रीले राखिराख्ने कुरा संभव हुँदैन भनेर प्रधानमन्त्रीज्यूले दशैं अगाडि रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने गरी तयारी गर्नु भएको छ,’ स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच सहमति भयो भने रिक्त मन्त्रालयमा भरे भोलि नै पनि मन्त्री नियुक्त हुने संभावना छ।’

अध्यक्षद्वयबीच अर्थमन्त्रालयको जिम्मा पौडेललाई दिने सहमति भएपनि संचार र शहरी विकास मन्त्रालय कसलाई दिने भन्ने विषयमा सहमति भइनसकेको स्रोतको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *