नोबेल पुरस्कारः साहित्यतर्फ सन् २०२० को पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाई
काठमाडौं। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुईज ग्लूकलाई प्रदान गरिने भएको छ। उनलाई “सुन्दर काव्यात्मक आवाज” का लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार दिने संस्था स्वीडिश अक्याडमीले जनाएको बीबीसीले लेखेको छ।
अघि चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष पोलिश लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटकका पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो। आफ्नो पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कार प्रदान गर्ने स्वीडिश अक्याडमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण सन् २०१८ का लागि पुरस्कार स्थगित गरिएको थियो। सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कले पाएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment