लीबियामा ७ जना भारतीय नागरिकको अपहरण

डिसी नेपाल
२२ असोज २०७७ २३:१४
1.4k
Shares

त्रिपोली (एजेन्सी)। लीबियामा सातजना भारतीय नागरिकको अपहरण भएको छ। अपहरणमा परेका भारतीय नागरिकहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यी सबै लीबियामा कंस्ट्रक्शन र तेल सप्लाई गर्ने कम्पनीमा काम गर्दै आएको बताइएको छ।

उनीहरु भारत फर्किन त्रिपोली जाँदै गर्दा लीबियाको अश्वेरिफ भन्ने स्थानबाट अपहरणमा परेको जनाइएको छ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘ट्यूनिशियास्थित हाम्रो दूतावासले यो विषयमा लगातार काम गरिरहेको छ। दूतावासले लीबिया सरकारसँग सम्पर्क गरिरहेको छ। अन्य अन्तर्राष्ट्रिय संस्थाहरु पनि अपहरणमा परेकाहरुको उद्धारका लागि सक्रिए भएका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *