भारतसँगको सीमामा चीनका ६० हजार सैनिक, अमेरिकाले भन्यो – ‘वार्ता गरेर फाइदा छैन’
काठमाडौं। लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा भारत र चीनबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको दावी गरेका छन् । पोम्पियोले लद्दाखमा चीनले ६० हजार सैनिक तैनाथ गरेको दावी गरेका हुन् । पोम्पियोले चीनको पछिल्लो गतिविधि र यसबाट इण्डो प्यासिफिक देशहरुको समूह (क्वाड)को लागि देखिएको खतराका विषयमा सचेत हुनुपर्ने समेत बताएका छन् ।
उता अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले पनि अब चीनसँग वार्ता गरेर कुनै फाइदा हुँदैन भन्ने स्वीकार गर्नुपर्ने समय आएको बताएका छन् । उनले अब चीनले आफ्नो आक्रामक कार्यशैलीलाई परिवर्तन नगर्ने समेत बताए । पोम्पियोले क्वाड ग्रुप अर्थात इण्डो प्यासिफिक देशहरु अमेरिका, जापान, भारत र अस्ट्रेलियाका विदेश मन्त्रीहरुको टोक्योमा भएको बैठकबाट फर्किएपछि शुक्रबार एक अन्तरवार्तामा चीनमाथि आक्रामक अभिव्यक्ति दिएका हुन् ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले उटाहमा एक कार्यक्रममा चीनको कम्युनिस्ट पार्टीको भारतीय सीमामा विस्तारवादी आक्रामकता स्पष्ट रुपमा देख्न सकिने बताए । उनले यहाँ चीन शक्तिको बलमा एलएसीमा नियन्त्रण गर्ने कोसिस गरिरहेको बताए । उनले चीनप्रति नरम व्यवहार गर्नुको कुनै फाइदा नहुने बताउँदै लामो समयसम्म यस्तो गर्दा पनि कुनै उपलब्धी नभएको बताए ।







डिसी नेपाल








Facebook Comment