विगत ४८ घण्टामा एक हजारभन्दा बढी आप्रबासी स्पेनमा अवतरण : रेडक्रस

डिसी नेपाल
२४ असोज २०७७ १९:२१
152
Shares

मड्रिड पछिल्ला ४८ घण्टामा एक हजार भन्दा बढी अवैध अफ्रिकी आप्रवासीहरू स्पेनी क्यानरी टापुमा अवतरण गरिसकेका स्पेनी रेडक्रस सोसाइटीले जानकारी गराएको छ । रेडक्रसका अनुसार कम्तीमा १० बर्षमा अफ्रिकाबाट स्पेन पुग्ने आप्रबासी शरणार्थीको सङ्ख्या यति धेरै देखिएको थिएन ।

युरोपको किनारमा भूमध्यसागरीय मार्गमा टर्की, मोरक्को र लिबियाले कडा नियन्त्रण गरेपछि अफ्रिकी आप्रवासीहरू पछिल्ला केही दिनहरूमा क्यानरी टापुहरूतर्फ लाग्न थालेका हुन् । बिहीबारदेखि विभिन्न ३७ डुङ्गामा एक हजार १५ आप्रबासी, शरणार्थी लान्जारोट, फुर्तेभेन्तुरा, ग्रान्ड क्यानरिया र टेनेरिफ टापुहरूमा आइपुगेका छन् । ग्रान्ड क्यानरिया र टेनेरिफ क्षेत्रहरू अफ्रिकाको समुद्री तटबाट करिब ३०० किलोमिटर रहेका छन् ।

स्पेन रेडक्रसका प्रवक्ताले भने, “धेरैजसो आप्रवासीहरू उत्तर अफ्रिका वा सब–सहारा क्षेत्रमा रहेका अफ्रिकी देशबाट आएका थिए र उनीहरूको स्वास्थ्य राम्रो रहेको पाइएको छ ।” उनीहरू सबैको कोभिड–१९ परीक्षण गरिएकोमा सबैको रिपोर्ट आइसकेको र कोही पनि सङ्क्रमित नभेटिएको रेडक्रसले जनाएको छ ।

यो सङ्ख्या झण्डै सन् २००६ तिरको तथ्याङ्कसँग मिल्दोजुल्दो पाइएको छ । उक्त समयमा मासिकरूपमा स्पेनी क्यानरी टापूमा पुग्ने आप्रबासीको सङ्ख्या करिब ३० हजारको हाराहारीमा रहेको थियो ।

यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा करिब छ हजार आप्रबासी क्यानरी टापुमा अवतरण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब छ गुणा बढी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.