किमद्वारा कोरोनाभाइरस सङ्क्रमितको सु–स्वास्थ्यको कामना

डिसी नेपाल
२४ असोज २०७७ २१:४३
16
Shares

सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सु-स्वास्थ्यको कामना व्यक्त गरेका छन् ।

नेता किमले उत्तर कोरियाली राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको एक मन्तव्यमा भने, “विश्वव्यापी महामारी निम्त्याएको भाइरसको समस्यासँग जुधिरहेका विश्वभरका सबैको सु-स्वास्थ्यको कामना छ ।”

उत्तर कोरियाको सरकारी टेलिभिजनले सत्तारुढ मजदुर पार्टीको ७५ औं वार्षिकोत्सव मनाउन प्योङयाङमा शनिबार भएको घण्टौं लामो सैन्य परेडको प्रत्यक्ष प्रसारण गरेको हो ।

कार्यक्रमको उद्घाटनको एक प्रचार पोस्टरको चित्रसाथ खोलिएको थियो, जसमा तीन उत्तरी कोरियालीहरूले यसको हथौड़ा, हँसिया र ब्रशको प्रतीकहरू राखेका थिए । पोस्टरमा ‘हाम्रो महान पार्टीको लागि सबैभन्दा ठूलो जीत’ भन्ने नारा लेखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.