बोल्दाबोल्दै डोनाल्ड ट्रम्पका छोराले के बोले यस्तो ?
काठमाडौं। सामाजिक संजालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिकको मजाक उठाइँदैछ । खासमा एरिकले एक टेलिभिजन शोमा आफ्ना पिता डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरसको ‘भ्याक्सिन’ दिइएको बताएका थिए । यही कारण उनको मजाक उडाइएको हो । एरिक एबीसी टेलिभिजनको एक शोमा प्रश्नको जवाफ दिने क्रममा बोल्दाबोल्दै चिप्लिएका हुन् ।
द हिलका अनुसार एरिकले प्रश्नको जवाफ दिने क्रममा आफ्ना पितालाई कोरोनाभाइरसको भ्याक्स्नि दिइएको बताए जबकि ट्रम्पलाई कुनै भ्याक्सिन दिइएको थिएन बरु उनलाई कोरोनाभाइरसका केही परीक्षणको क्रममै रहेका औषधि दिइएको थियो । पछि एरिकसँग ट्रम्पलाई भ्याक्स्नि नै दिइएको थियो वा थिएन भनेर पुष्टि गर्न खोज्दा उनले आफ्नो कुरा सच्याउँदै भने ‘मैले उहाँलाई दिइएका औषधि भन्न खोजेको थिएँ ।’
खासमा ट्रम्पलाई भ्याक्सिन नभइ परीक्षणको क्रममै रहेका औषधि दिइएको थियो । यी औषधि ट्रम्प संक्रमित भइसकेपछि दिइएको थियो । भ्याक्सिन स्वस्थ मानिसहरुलाई दिइन्छ, संक्रमित भइसकेकालाई उपचारको क्रममा दिइँदैन । विश्वमा अहिलेसम्म कुनै पनि भ्याक्सिनले सफलता पाएको छैन । सबैभन्दा अगाडि रहेका भ्याक्सिनको तेस्रो फेजको ट्रायल जारी छ ।







डिसी नेपाल








Facebook Comment