‘विश्व निर्जन नर्क बन्दै गईरहेको छ’

डिसी नेपाल
२७ असोज २०७७ २२:२९
148
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका कारण विश्व ‘निर्जन नर्क’ बन्दै गइरहेको चेतावनी दिएको छ। राष्ट्रसंघका अनुसार पछिल्लो २० वर्षमा विश्वमा प्राकृतिक पक्रोपमा आश्चर्यजनक वृद्धि भइरहेको छ जसले विश्वलाई नर्क बनाउन सक्छ। वैज्ञानिकका अनुसार विश्वमा बढिरहेको तापमानका कारण प्राकृतिक प्रकोपमा तिव्र वृद्धि भइरहेको छ।

सीएनएनले यूएनडीआरआरका प्रमुख तथा बेल्जियमका महामारी विज्ञान अनुसन्धान केन्द्रका प्रमुखलाई उद्दृत गर्दै लेखेको छ, ‘यो आश्चर्यजनक छ, हामीले स्वेच्छाले तथा जानाजानी आफ्नै विनाशको बिउ रोप्ने काम गरिहेका छौं।’

रिसर्चका अनुसार विश्वका राजनीतिक तथा व्यवसायिक नेताहरुले जलवायु परिवर्तनको असरलाई कम गर्न अर्थपूर्ण कदम चाल्न असफल भएका छन्। राष्ट्रसंघका अनसार सन् २००० देखि २०१९ कोबीचमा भूकम्प सुनामी तथा तुफान लगायत ७ हजार बढी ठूला प्रकोपहरु आएका थिए जसले १.२३ मिलियन मानिसको ज्यान लिएको थियो भने ४ मिलियन बढी मानिस प्रभावित भएका थिए। यष्तै उक्त प्रकोपले विश्वलाई २.९७ ट्रिलियनको आर्थिक नोक्सान भएको छ।

पछिल्लो २० वर्षमा एसियामा प्राकृतिक प्रकोपको सबैभन्दा नराम्रो असर परेको अनुसन्धानकर्ताहरुले जनाएका छन्। एसियामा २००० देखि २०१९ सम्म ३०६८ प्रकोप गएको थियो। प्रतिवेदनका अनुसार ग्रीनहाउस ग्यास उत्सर्जन आगामी १० बर्षमा कम्तिमा ७.२ प्रतिशतले कम गनुपर्ने आवश्यकता रहेको छ भने तापमानलाई १.५ डिग्री घटाउन पेरिसमा सहमति भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.