भाषण गर्न मञ्चमा चढेका ट्रम्प नाच्न थाले, सुरक्षा मापदण्डको धज्जी उडाइयो
काठमाडौं। अमेरिकामा ३ नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका विषयमा राजनैतिक सरगर्मी उत्कर्षमा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक चुनाव जित्नको लागि भरपुर प्रयास गरिरहेका छन् । यही क्रममा चुनाव प्रचार गर्न डोनाल्ड ट्रम्प ओरल्याण्डको स्याण्डफोर्ड पुगेका बेला भीड देखेर खुसीले यति खुसी भए कि उनले सबै कुरा बिर्सिए ।
सभालाई सम्बोधन गर्न मञ्चमा चढेका ट्रम्पले आफ्नो खुसी थाम्न नसकेपछि त्यहीँ नाच्न थाले । ट्रम्प नाचेको देखेपछि उनका समर्थक र भीडमा रहेका अन्य मानिसहरु पनि नाच्न थाले । ट्रम्पले डान्स गर्न थालेपछि भीड निकै रोमाञ्चित भयो तर ट्रम्पका आलोचक र विपक्षीहरुलाई भने यो ट्रम्पको खेदो खन्ने मसला बन्यो । विपक्षीले यो भिडियोको सामाजिक संजालमा खिल्ली उडाउन थाले र यसको तीब्र आलोचना भयो ।
कोरोनाले नराम्ररी प्रभावित अमेरिकामा ट्रम्पको कार्यक्रमका क्रममा भौतिक दूरीसहित स्वास्थ्यका न्यूनतम मापदण्डको धज्जी उड्यो । भीडमा रहेका धेरैजसो मानिसहरुले मास्क समेत लगाएका थिए । आफ्नो ६५ मिनेटको भाषणको क्रममा ट्रम्पले कोरोनाभाइरस संक्रमणबाट निको भएपछि आफूले धेरै बलियो महसुस गरिरहेको बताए । केहीले भने ट्रम्प नाच्नुलाई उनले आफू पूर्ण रुपमा स्वस्थ भएको सन्देश दिन चाहेको भन्दै ट्रम्पको बचाउ पनि गरेका छन् ।







डिसी नेपाल








Facebook Comment