अर्णब गोस्वामीविरुद्ध फेरि अर्को मुद्दा, पुलिसले हाजिर हुन बोलायो, १० लाख धरौटी तिर्नुपर्ने
काठमाडौं। रिपब्लिक टिभीका सम्पादक अर्णब गोस्वामीविरुद्ध मुम्बइ पुलिसको वर्ली डिभिजनका एसीपीले साम्प्रदायिकता भड्काउने कुरा गरेको आरोपमा कानुनी नोटिस पठाएका छन् । उनलाई १६ अक्टोबरमा सोधपुछका लागि हाजिर हुन भनिएको छ । अर्णबमाथि यो कारवाही पालघर लिंचिङ केस र लकडाउनको क्रममा बान्द्रा स्टेशनबाहिर जम्मा भएको भीडको रिपोर्टिङको सम्बन्धमा भएको हो ।
दैनिक भास्करका अनुसार पुलिसले अर्णबमाथि पालघरमा साधुहरुको हत्या र बान्द्रामा जम्मा भएको भीडको सम्बन्धमा आफ्नो शो ‘पूछता है भारत’मा धार्मिक भावना भड्काउने कुरा गरेको आरोप लगाएको छ । पुलिसका अनुसार दुवै कार्यक्रम लकडाउनका बेला भएकोले मात्रै दंगा भड्किन नपाएको पुलिसले बताएको छ । नोटिसमा अर्णबले आइन्दा कुनै पनि सामप्रदायिक भावना भड्काउने काम गर्ने छैनन् र यसको लागि उनी १६ अक्टोबरमा एसीपीको अगाडि पेश भएर १० लाख रुपैयाँको बोन्ड भर्नुपर्ने भनिएको छ ।
रिपब्लिक टिभीमाथि फर्जी टिआरपीको केस पनि चलिरहेको छ । यो केसमा क्राइम इन्टेलिजेन्स युनिटले जाँच गरिरहेको छ । यो केसमा सोधपुछका लागि रिपब्लिक टिभीका २ जनालाई नोटिस पठाइएको छ ।







डिसी नेपाल








Facebook Comment