हात्तीमाथि योगासन देखाउन खोज्दा पछारिए बाबा रामदेव (भिडियो)

डिसी नेपाल
२८ असोज २०७७ १६:३३
3.6k
Shares

काठमाडौं। योग गुरु बाबा रामदेव हात्तीबाट पछारिएका छन् । बाबा रामदेवले हात्तीमाथि बसेर प्राणायाम गरिरहेका थिए । हात्ती हल्लिएपछि उनको सन्तुलन बिग्रियो र हात्तीको पिठ्युँमा बसेका बाबा जमिनमा पछारिए । भारतीय मिडियाका अनुसार उनलाई कुनै गम्भीर चोट नलागेको बताइएको छ । यद्यपि यो घटना देखेपछि त्यहाँ उपस्थित भएकाहरु केहीबेरका लागि डराएका थिए ।

बाबा रामदेवले मथुराको महावनमा रहेको रमणरेती आश्रममा योग शिविर आयोजना गरेका थिए । यही क्रममा उनी हात्तीमाति बसेर योग गर्दै थिए । यही बीचमा हात्र्तीले आफ्नो खुट्टा चलाउँदा बाबाको सन्तुलन बिग्रियो र उनी भुइँमा पछारिए । यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । यो भिडियो सोमबारको भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.