काेराेना संक्रमणकाे दाेस्राे लहर सुरू भएसँगै इटलीमा नयाँ नियम लागू

डिसी नेपाल
२९ असोज २०७७ ६:४६
360
Shares

रोम। इटालीमा कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै संक्रमण रोक्न सरकारले मंगलबारदेखि नयाँ नियमहरु लागू गरिएकाे छ।
रेस्टुरेन्ट, बार र पबहरु राति १२ बजे म्म मात्रै खोल्न अनुमति दिइएको छ भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट ,वार र पब बाहिर जम्मा हुन प्रतिबन्ध लगाइएको छ।

क्वारेन्टिनको समय १४ दिनलाई घटाएर १० दिन बनाइएको छ। विवाह गर्दा ३० जना भन्दा बढी जम्मा नहुन भनिएको छ भने घरमा हुने जमघटमा आफ्नो परिवारको सदस्य बाहेक ६ जना जम्मा हुन अनुमति दिइएको छ।

घरमा हुने जमघटमा बाहिरबाट मान्छे घरमा आउँदा संक्रमणको खतरा हुने भन्दै मास्क अनिवार्य प्रयोग गर्न भनिएको छ। मंगलबारदेखि जारी गरिएको नयाँ नियमहरु तत्कालको लागि एक महिनाको लागि मात्रै भएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्टेले जानकारी गराएका छन्।

आवश्यकता हेरेर प्रत्येक प्रदेशलाइ नियम परिवर्तन गर्न सरकारले अनुमति दिएको छ। यस अघि नै अक्टोबर १० देखि इटाली भरिनै मास्क अनिवार्य गरिएको थियो। पछिल्लाे २४ घन्टामा इटलीमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ३२ पुगेकाे छ, जुन कोरोना संक्रमण देखियपछि अहिले सम्म कै उच्च हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *