अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी

डिसी नेपाल
२९ असोज २०७७ १९:२५
104
Shares

मस्को । अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ ।यसबाट उक्त क्षेत्रमा हमलाहरु अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको थियो ।

रुसका रक्षामन्त्री सेर्गेइ सउगीले अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गरेको बताइएको थियो ।तर पनि रुसको पहलमा करिब दुई हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर भएको युद्ध विरामको पालना हुन नसकेको बताइएको छ ।

उक्त युद्ध विरामको उल्लंघन भइरहेको र पछिल्ला यी आक्रमणहरुमा परी अजरबैजानका मात्र ४३ जना सर्वसाधारणको ज्यान गएको बताइएको छ ।रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिन यता देखि नै आइरहेका छन् ।

नागोर्नो काराबाख क्षेत्रमा अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा सयौँ व्यक्ति हताहती भएका छन् । अजरबैजानले आफ्नो तर्फबाट सर्वसाधारण नागरिक ४३ जना मारिएको बताएको छ । गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सयभन्दा बढी सैनिक मारिएको दाबी स्थानीय काराबाख प्रशासनले गरेको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । उता अजरबैजानले पनि अर्मेनियाले युद्धविरामको उल्लंघन गरेको बताएको छ । यस विषयमा यी दुई देश एक आपसमा दोषरोपण गर्दै आएका छन् । यस क्रममा सयौँ नागरिक घाइते भएका छन् भने अरु हजारौँको घरमा हवाई आक्रमणका कारण क्षति पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *