पाल्पामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
सांकेतिक तस्वीर
पाल्पा। पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
निमोनियाको समस्या रहेकी महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारकाृ क्रममा बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।
असोज २३ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी महिलामा बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरि गरीएको पीसीआर परीक्षणमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यो सँगै पाल्पामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment