रुससँग तनाव बढेपछि स्वेडेनले आफ्नो सैन्य खर्च ४० प्रतिशतले बढाउँदै
काठमाडौं। स्वेडेन सरकारले बिहीबार आफ्नो देशको रक्षा बजेट ४० प्रतिशतले वृद्धि गर्ने प्रस्ताव गरेको छ । रक्षा मन्त्रीले रुसको निरन्तरको हस्तक्षेपकारी कार्यले यस क्षेत्रको सुरक्षा नीति जटिल बन्दै गएको भन्दै २०२१ देखि २०२५ सम्मको लागि बजेट बढाउन प्रस्ताव गरेका हुन् । ‘यो रक्षा क्षमतामा विगत ७० वर्षयाकै सबैभन्दा ठूलो वृद्धि हो’ रक्षा मन्त्री पिटर हल्क्विस्टले एक प्रेस ब्रिफिङमा भने ‘स्वीडेनमाथि भएको सशस्त्र आक्रमणलाई बेवास्ता गर्नै सकिन्न ।
अल जजीराका अनुसार सरकारको प्रस्तावमा यदि यहाँ आक्रमण भएमा यसले पूरै क्षेत्रलाई प्रभावित पार्ने उल्लेख छ । स्वीडेनको ग्रिन पार्टीको अल्पमतको सरकारले आफूलाई दुई साना पार्टीहरु सेन्टर पार्टी र लिबरलको समर्थन रहेको जनाएको छ । अघिल्लो वर्षको बजेटको तुलना गर्ने हो भने सरकारले अहिले गरेको नयाँ प्रस्तावले रक्षा बजेट २७ अर्ब क्रोनर (३.१ अर्ब अमेरिकी डलर) बढाउनेछ । स्वेडेनको अहिलेको रक्षा खर्च देशको कूल गार्हस्थ उत्पादनको १.१ प्रतिशत छ ।
यो प्रस्तावमा संसदमा मतदान कहिले हुन्छ भन्ने खुलासा भइसकेको छैन । हल्क्स्टिका अनुसार यदि यो प्रस्ताव पारित भएमा स्वेडेनसँग तेस्रो सैन्य ब्रिगेड हुनेछ जो आर्टिलरी हतियारबन्द र कैयौं स्थानीय रक्षा बटालियनबाट सुसज्जित हुनेछ । दोस्रो विश्वयुद्धपछि स्वेडेनले पहिलो पटक २०१७ को डिसेम्बरमा गोटल्याण्डको बाल्टिक सागर आइल्याण्डमा रहने गरी देशको पहिलो सैन्य रेजिमेन्ट स्थापना गर्ने निर्णय गरेको थियो । यो स्थायी युनिटलाई २०१८ मा तैनाथ गरिएको थियो ।







डिसी नेपाल








Facebook Comment