दशैंमा शक्ति पीठहरुमा पूजा गर्न पाइने

डिसी नेपाल
३० असोज २०७७ १८:३३
172
Shares

काठमाडौं। कोरोना महामारीका कारण दशैंमा शक्ति पीठहरु खुल्नेमा आशंका रहेकाबेला सरकारले शक्ति पीठहरु खुला गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले दशैंको समयमा शक्ति पीठहरुमा नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको हो।

कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन बिहीबार परिपत्र गरेको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले जानकारी दिए । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दशैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै सीसीएमसीलाई सिफारिस पठाएको थियो । मन्त्रिपरिषद्ले यो विषयमा कुनै निर्णय नगरेकोले गृहमन्त्रालयले नृत्यपूजाका निम्ति मात्र शक्तिपीठ खोल्न परिपत्र गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *