पाकिस्तानमा इमरान खानविरुद्ध विपक्षीहरुको विशाल प्रदर्शन

डिसी नेपाल
३० असोज २०७७ २२:५१
1.2k
Shares

इस्लामावाद (एजेन्सी)। पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षीहरुले विशाल प्रदर्शन गरेका छन्। हालै विपक्षी पार्टीहरुले पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई सत्ताबाट हटाउन भन्दै एक गठबन्धन बनाएका थिए।

गठबन्धनले २६ बुँदे प्रस्तावसमेत पारित गरेको थियो। गठबन्धनले इमरान खानलाई सत्ताबाट हटाउन गरिने आन्दोलनको खाकासमेत बनाएको थियो। गठबन्धनमा पाकिस्तान मुस्लिम लीग (नवाज), पाकिस्तान पीपल्स पार्टी, जमात उलेमा ए इस्लाम फजल सहभागी छन्।

गठबन्धनका घटक दलका नेताहरुविरुद्ध पाकिस्तानको भ्रष्टाचार सम्बन्धि अनुसन्धान गर्ने संस्था न्याबले अनुसन्धान शुरु गरेपछि सबै विपक्षीहरु इमरान खानविरुद्ध एकजुट भएका छन्। हालै विपक्षी दलहरुको एक सम्मेलनमा भएको थियो।

सो सम्मलेनलाई उपचारका लागि लण्डनमा रहेका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लीग (नवाज)का नेता नवाज शरीफले भर्चुअल सम्बोधन गरेका थिए।

उनले पाकिस्तानमा सेनाले राजनीतिमा हस्तक्षेप गरेको भन्दै इमरान सरकार सेनाको कठपुति भएको आरोप लगाएका थिए। भ्रष्टाचार मुद्दामा ठोषी ठहर शरीफ उपचारका लागि जमानतमा लण्डनमा गएका हुन्। उनीमाथि आजीवन राजनीति गर्न प्रतिबन्ध लागेको छ। नवाज एक पटक सेनाबाट अपदस्थ भइसकेका प्रधानमन्त्री हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *