डोनाल्ड ट्रम्पको टाउकोमा १ अर्ब डलरभन्दा धेरै ऋणको भारी !

डिसी नेपाल
१ कार्तिक २०७७ १०:४९
588
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाति १ अर्ब डलरभन्दा धेरैको ऋणभार रहेको खुसासा भएको छ । धेरै मानिसहरुलाई उनले तिर्नुपर्ने ऋण करिब ४०० मिलियन डलर भएको विश्वास लाग्ने गरेको भए पनि उनले तिर्नुपर्ने वास्तविक ऋण १ अर्ब डलरभन्दा बढी भएको फोर्ब्सले खुलासा गरेको छ । बिहीबार एक राष्ट्रिय टेलिभिजनमा ट्रम्पले आफूमाथि करिब ४०० मिलियन डलर ऋण भएको स्वीकार गरेका थिए । यद्यपि उनको वास्तविक ऋण उनले स्वीकार गरेको रकमको दोब्बरभन्दा बढी रहेको फोर्ब्सले खुलासा गरेको हो ।

उनले तिर्नुपर्ने ऋण उनका १ दर्जनभन्दा बढी व्यवसायको नाममा बाँडिएको छ । उनका होटल, बिल्डिङ, मेन्सन, गल्फ कोर्सहरुको नाममा यो ऋण छ । ट्रम्पको ऋणमध्ये धेरैजसो उनले संघीय सरकारलाई बुझाउने आफ्नो आर्थिक विवरणमा खुलासा गरिएको छ । यसबाहेक करिब ४४७ मिलियन डलर ऋण सरकारलाई बुझाउने रिपोर्टमा उल्लेख गरिएको छैन । बिहीबारको अन्तरवार्तामा ट्रम्पले आफूसँग प्रशस्तै सम्पत्ति रहेको बताएका थिए । फोर्ब्सले यी सम्पत्तिको ३.६६ अर्ब डलर मूल्यांकन गरेको छ । यसरी हेर्दा उनीसँग ऋण तिरेर पनि अढाइ अर्ब डलर सम्पत्ति छ । धेरै आलोचकले भनेजस्तो उनी धराशायी भएका छैनन् ।

फोर्ब्सका अनुसार एभेन्यू अफ द अमेरिकाजको कूल ऋणको ३० प्रतिशत ट्रम्पको दायित्व हो । यो रकम २८५ मिलियन डलर देखिएको छ । यो अमेरिकी सरकारलाई वार्षिक रुपमा ट्रम्पले बुझाउने वित्तिय रिपोर्टमा उल्लेख छैन । २०१२ मा ट्रम्प र उनको व्यवसायिक पार्टनर भोर्नाडो रियल्टी ट्रस्टले ४ वित्तिय संस्थाबाट ९५० मिलियन ऋण लिएका थिए । अहिले यो ह्ण कुन वित्तिय स.स्थाको जिम्मेवारीमा छ भन्ने प्रस्ट छैन ।

वाशिङटन डिसीको ट्रम्प इन्टरनेशनल होटलको नाममा १७० मिलियन डलर ऋण छ । यद्यपि यो सबै ऋण ट्रम्पकै दायित्व नहुने सम्भावना पनि छ । ट्रम्पको करसम्बन्धी दस्तावेजसम्म पहुँच भएको न्यूयोर्क टाइम्सले यो ऋण १६० मिलियन डलरमा झरेको बताएको थियो । ट्रम्पले ४० वाल स्ट्रिटको नाममा १६० मिलियन डलर ऋण लिएका थिए र यो अहिले पनि तिरिरहेका छन् । यो ऋण १३८ मिलियन डलर तिर्न बाँकी रहेको रिपोर्टमा उल्लेख छ ।

ट्रम्प नेशनल डोरालको नाममा १२५ मिलियन डलर ऋण छ । ट्रम्पले २०१२ मा यो गल्फ कोर्सको नाममा १०६ मिलियन डलर ऋण लिएका थिए । पछि २०१५ मा राष्ट्रपतिको निर्वाचन लड्ने बेला उनले थप १९ मिलियन डलर ऋण लिए । यो ऋण अहिले बढेर १४८ मिलियन डलर पुगेको न्यूयोर्क टाइम्सले लेखेको छ । यसबाहेक ट्रम्प टावरको नाममा १०० मिलियन डलर, शिकागोस्थित ट्रम्प इन्टरनेशनल होटल एण्ड टावरको नाममा ७५ मिलियन डलर ऋण देखिएको छ ।

यस्तै, ट्रम्प प्लाजाको नाममा १३ मिलियन डलर, फ्लोरिडाको पाम बीचस्थित घरको नाममा ११ मिलियन डलर, ट्रम्प नेशनल गल्फ क्लवको नाममा ११ मिलियन डलर, ट्रम्प पार्क एभेन्यूको नाममा १० मिलियन डलर, ट्रम्प नेशनल गल्फ क्लवको नाममा ७ मिलियन डलर, ट्रम्प इन्टरनेशनल होटल एण्ड टावर न्यूयोर्कको नाममा ६ मिलियन डलर, सेभेन स्प्रिङ्सको नाममा ५ देखि २५ मिलियन डलर ऋण रहेको रिपोर्टमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *