ड्युटीमा खटिएका असईको हत्या, हबल्दार बेपत्ता
सांकेतीक तस्वीर
काठमाडौं । कैलालीमा गस्तिमा खटिएका एकजना प्रहरीको हत्या भएको छ ।
शनिवार साँझ करिब ८ बजे अस्थायी प्रहरी पोष्ट जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले डिसी नेपाललाई जानकारी दिए ।
उनीहरुमध्ये विकको शव मोहना खोलामा घोप्टो परेको अवस्थामा भेटिएको एसएसपी सिंहले बताए ।
बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै रहेको छ । कसैले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment