नेपाली कामदार विदेशतिर, विदेशी नेपालमा
काठमाडौं। स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। स्वदेशमा पाइने कामका क्षेत्रमा नेपाली युवाको आँखा लागेको छैन। तर तिनै क्षेत्रमा काम गर्न विदेशी नेपाल आउने क्रम बढेको छ। नेपालमा आएर काम गर्ने विदेशीले मनग्यै रेमिटेन्स लैजाने गरेका छन्।
श्रम तथा व्यवसायजन्य विभागका अनुसार आर्थिक वर्ष ०६९/७० यता नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दो छ। आर्थिक वर्र्ष ०६९र७० मा नौ सय ८४ विदेशी रोजगारीका लागि नेपाल आएका थिए।
आव ०७५/७६ मा एक हजार नौ सय ८१ विदेशी कामदारले विभागबाट श्रम स्वीकृति लिएका छन्। आव ०७६/७७ मा दुई हजार ५० विदेशी श्रमिकलाई विभागले काम गर्न स्वीकृति दिएको छ। चालु आर्थिक वर्षको साउनयता ६ सय ५२ विदेशीले यस्तो स्वीकृति पाएका छन्।
विभागका महानिर्देशक सनत केसीका अनुसार श्रम नियमवालीमा कुल कर्मचारीको ५ प्रतिशतभन्दा बढी विदेशी राख्न नपाइने प्रावधान राखिएकाले चाहना राखेका सबै आउन नपाएका हुन्। नागरिक दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment