संक्रमण रोक्न इटालीमा कर्फ्यू

बिजय भुसाल
४ कार्तिक २०७७ १९:४७
508
Shares

मिलान । इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू लाग्ने भएको छ। इटालीको लोम्बार्डिया क्षेत्रमा बिहीवार राती ११ बजे देखी बिहान ५ बजेसम्म कर्फ्यू लाग्ने भएको हो।

अहिले तत्कालको लागि कर्फ्यूको समय तीन हप्ताको लागि तोकिएको छ। यो समयमा कसैलाई पनि घरबाट बाहिर निक्लन अनुमति नभए पनि बाहिर निक्लन आवश्यक परेको खण्डमा के गर्ने भन्ने बारे जानकारी आउन बाँकी छ।

लोम्बार्डिया क्षेत्रमा सङ्क्रमितको संख्या दैनिक रूपमा बढीरहेको छ। यो क्षेत्रबाट नै फेब्रुअरी २१ मा पहिलो पटक इटालीमा कोरोना संक्रमण देखिन सुरु भएको थियो। अहिले आठ महिनापछि पनि लोम्बार्डिया क्षेत्रमै संक्रमणको संख्यामा तीब्र वृद्धि भएको छ।

यसअघि नै इटालीको सबै शहरहरुमा मास्क अनिवार्य गरिएको थियो। रेस्टुरेन्ट, वार र पबहरु राती १२ बजे सम्म मात्रै खोल्न अनुमति दिइएको थियो भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट, वार र पब बाहिर जम्मा हुन प्रतिबन्ध लगाइएको थियो।

संक्रमण बढिरहेको अवस्थामा इटालीका धेरै स्कुलहरु अहिलेसम्म पनि बन्द गरिएको छैन । काम्पानीया क्षेत्रमा मात्रै ३० अक्टोबरसम्म स्कुलहरु बन्द गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *