चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कुटाकुट 

डिसी नेपाल
४ कार्तिक २०७७ २०:५९
2.2k
Shares

बेइजिङ (एजेन्सी)। चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीको राजधानीमा एक कार्यक्रमका क्रममा कुटाकुट भएको छ। यही अक्टुबर ८ तारिखका दिन फिजीको राजधानीमा यी कूटनीतिज्ञबीच कुटाकुट भएको चीन र ताइवान दुबैले पुष्टि गरेका छन्। तर, कुटाकुटको कारण भने उनीहरुको आ आफ्नै दावी छ।

चीनले ताइवानलाई आफ्नो अंग मान्दै आएको छ जबकी ताइवानले आफूलाई एक सम्प्रभु मुलुक मान्छ। हालै फिजीस्थित ताइवानी व्यापारिक कार्यालयले १०० जना अतिथिलाई बोलाएर स्वतन्त्रता दिवस मनाएको बताइएको छ। सो कार्यक्रममा दुईजना चिनियाँ कूटनीतिज्ञ पनि प्रवेश गरेर अनाधिकृत रुपमा कार्यक्रमको तस्वीर लिएको र त्यहाँका अतिथिबारे जानकारी दिएको ताइवानले जनाएको छ। तर, चीनले भने आफ्ना अधिकारीहरु एक सार्वजनिक स्थानमा रहेको बेला आक्रमण भएको बताएको छ। चीनले अनाधिकृत राष्ट्रिय झण्डा, केक बनाइएकोसमेत बताएको छ।

उता ताइवानले पनि आफ्ना कूटनीतिज्ञ घाइते भएको र अस्पतालमा उपचार गराइएको जनाइएको छ। हालका दिनहरुमा ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले सैन्य हस्तक्षेप गरेर भए पनि ताइवानमाथि कब्जा गरिने धम्की दिँदै आएको छ। तर, ताइवानलाई पनि अमेरिकाले सहयोग र समर्थन गर्दै आएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *