अन्तरवार्ता चलिरहेका बेला डोनाल्ड ट्रम्प अचानक बीचमै अन्तरवार्ता छाडेर हिँडे
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीबीएस न्यूजसँग चलिरहेको एकल अन्तरवार्ता ‘६० मिनेट’ अचानक बीचमै छाडेर हिँडेका छन् । मंगलबार उनी सोही अन्तरवार्ताको क्रममा उपराष्ट्रपति माइक पेन्ससँग देखिने तय थियो तर उनी त्यसका लागि पछि नफर्किएको सीएनएनले स्रोतलाई उद्धृत गर्दै लेखेको छ । सोमबार ह्वाइट हाउसमा अन्तरवार्ताको लागि सबै सेटअप गरेपछि ट्रम्प करिब ४५ मिनेटसम्म बसे र अचानक उठेर हिँडे ।
Lesley Stahl of 60 Minutes not wearing a mask in the White House after her interview with me. Much more to come. pic.twitter.com/0plZG6a4fH
— Donald J. Trump (@realDonaldTrump) October 20, 2020
ट्रम्पले अचानक अन्तरवार्ता छाडेपछि च्यानललाई उनीहरुसँग पर्याप्त सामग्री भइसकेको जवाफ दिएका थिए । सिएनएनले यसबारे सीबीएस न्यूजलाई सोध्दा यसको कुनै जवाफ आएन । यद्यपि ह्वाइट हाउसले पनि सीएनएनको रिपोर्टको खण्डन गरेको छैन । पछि राष्ट्रपति ट्रम्पले अन्तरवार्ता लिने पत्रकार लेस्ले स्टलमाथि मास्क नलगाएको आरोप लगाएका थिए । र उनको मास्क नलगाएको एउटा छोटो क्लिप पनि ट्वीट गरेका थिए ।
I am pleased to inform you that, for the sake of accuracy in reporting, I am considering posting my interview with Lesley Stahl of 60 Minutes, PRIOR TO AIRTIME! This will be done so that everybody can get a glimpse of what a FAKE and BIASED interview is all about…
— Donald J. Trump (@realDonaldTrump) October 20, 2020
यो घटनाबारे जानकार एक व्यक्तिले सीएनएनलाई बताएअनुसार स्टलको यो तस्वीर त्यतिबेलाको हो जब ट्रम्पले अन्तरवार्ता बीचमै छाडेपछि उनी आफ्नो कार्यक्रमका उत्पादकहरुसँग थिइन् । त्यतिबेला उनी मास्क लगाउनको लागि आफ्ना सहयोगीहरुसम्म पुग्न पनि भ्याएकी थिइनन् । उनले ह्वाइट हाउस प्रदेश गर्दादेखि अन्तरवार्ता सुरु हुने ठिक अगाडिसम्म पनि मास्क लगाएकी थिइन् ।







डिसी नेपाल







Facebook Comment