चीनका कडाआलोचक ट्रम्पले चीनकै बैंकबाट कारोबार गरिरहेको खुलासा !

डिसी नेपाल
५ कार्तिक २०७७ १०:१७
924
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चीनको बैंकमा खाता रहेको स्वीकार गरेका छन् । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार सो बैंक खाता ट्रम्प इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रण गर्छ र २०१३ देखि २०१५ सम्म स्थानीय कर पनि तिरेको छ । ट्रम्पका प्रवक्ताका अनुसार यो बैंक खाता एसियामा होटल व्यवसायमा लगानीको सम्भाव्यता खोज्नको लागि संचालन गरिएको हो ।

ट्रम्प अमेरिकी व्यवसायीहरुले चीनसँग व्यवसाय गर्ने कुराको कट्टर आलोचक हुन् र यही कारण दुई देशबीच व्यापारयुद्ध चर्किएको छ । तर, अहिले ट्रम्प आफैंले नै चीनसँग व्यवसाय गरिरहेको खुलासा भएको छ । न्यूयोर्क टाइम्सले ट्रम्पको व्यवक्तिगत र कम्पनीको आर्थिक विवरण भएको कर रेकर्डको जाँच गरेपछि यो बैंक खाताको खुलासा गरेको हो ।

न्यूयोर्क टाइम्सले ट्रम्पको आर्थिक अनियमितताको विषयमा विगतका हप्ताहरुमा ठूला–ठूला खुलासा गरिरहेको छ । अखबारले ट्रम्प राष्ट्रपति भएपछि २०१६ र २०१७ मा ७५० डलर मात्र कर तिरेको समेत खुलासा गरेको थियो । चीनको बैंक खाताले भने चीन सरकारलाई स्थानीइ करवापत १ लाख ८८ हजार ५६१ डलर तिरेको पाइएको छ । ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनको चीनप्रति नरम नीतिको पनि कट्टर आलोचक हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *