कोरोनाको नयाँ रेकर्डः एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

डिसी नेपाल
५ कार्तिक २०७७ १६:३७
392
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो अहिलेसममकै उच्च संख्या हो ।
नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ।

थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *