अफगानिस्तानको जलालावादमा भागदौडमा परी बाह्र जना महिलाको मृत्यु

डिसी नेपाल
५ कार्तिक २०७७ २१:२७
72
Shares

काबुल । फगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको थियो । यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए । सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए । त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो । त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए । घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ ।

यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो । मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *