२३ जना साथी लिएर डेटिङमा आइन प्रेमिका, रेष्टुरेण्टको बिल देखेर प्रेमी फरार

डिसी नेपाल
६ कार्तिक २०७७ १०:१४

काठमाडौं। प्रेमी प्रेमिकाहरु डेटिङमा जानु सामान्य कुरा हो । आजभोलि प्रेमी प्रेमिकाहरु नियमितजस्तो डेटिङमा जान्छन् र यसका लागि लोकप्रिय स्थानहरुमध्ये रेष्टुरेण्ट पनि एक हो । तर, चीनका एक युवकका लागि भने आफ्नो प्रेमिकालाई डेटिङमा बोलाउनु निकै महंगो साबित भएको छ । प्रेमिका आफ्ना २३ जना साथी र आफन्तहरु लिएर रेष्टुरेण्ट पुगिन् । रेष्टुरेण्टको भारी बिल देखेपछि उनका प्रेमि रेष्टुरेण्टबाटै फरार भएका छन् ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चीनको झेजियाङ प्रान्तमा फोन र सामाजिक संजालबाट एक अर्काको नजिक आएका जोडीले ब्लाइण्ड डेट (एक अर्कालाई नदेखी सिधै टेडिङमा जाने) को योजना बनाए । यसको लागि उनीहरुले एउटा रेष्टुरेण्ट रोजे । यो रेष्टुरेण्टमा उनीहरुको पहिलो पटक भेट हुँदै थियो । २९ वर्षका युवक निर्धारित समयभन्दा पहिल्यै निर्धारित स्थानमा पुगे । केही बेरपछि प्रेमिका पनि आइन् तर एक्लै होइन २३ जना साथी र आफन्त साथमा लिएर आइन् ।

सुरुमा सबै ठिक थियो । उनहिरुले एक अर्कासँग भेटे र साथमा खाना खाए । त्यसपछि जब रेष्टुरेण्टले युवालाई बिल दियो त्यो देखेर उनी डराए । त्यसपछि प्रेमी त्यहाँबाट फरार भए । रेष्टुरेण्टले सबै जनाको गरी कूल १९ हजार ८ सय चिनियाँ युआन (३ लाख ५० हजार नेपाली रुपैयाँ) बराबरको बिल पठाएको थियो जुन बिल देखेपछि युवकको सातोपुत्लो उड्यो । युवकले त्यहाँबाट भाग्नु नै उचित सम्झिए र त्यहाँबाट फरार भए ।

युवतीले आफूले आफ्ना प्रेमीको उदारता जाँच्नको लागि ब्लाइण्ड डेटमा आफ्ना साथी र आफन्तहरु लिएर आएको बताएकी छिन् । युवक फरार भएपछि युवतीले नै रेष्टुरेण्टको सबै बिल तिर्नुपरेको छ । पछि युवतीले युवविरुद्ध पुलिसमा उजुरी गरिन् । पुलिसले पक्राउ गरेपछि युवकले केवल २ टेबलको बिल मात्र तिर्न तयार भर्ए । बाँकी १५ हजार ४०२ युआन युवतीले नै तिर्नुपर्यो । पछि युवतीले आफू सबैभन्दा ठूलो पीडित भएको बताएकी छिन् भने चीनका धेरैजसो इन्टरनेट प्रयोगकर्ताले भने युवकप्रति सहानुभूति देखाउँदै युवतीको क्रियाकलापलाई निर्लज्ज भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *