चीनमा रहेका अमेरिकी कूटनैतिक अधिकारीहरु धमाधम रहस्यमय रोगको शिकार बन्दै
काठमाडौं। चीनमा रहेमा अमेरिकी कूटनैतिक अधिकारीहरु तथा गुप्तचर संस्थाका प्रतिनिधिहरु धमाधम रहस्यमय रोगको शिकार बन्न थालेका छन् । आफ्ना अधिकारीहरु धमाधम रहस्यमय रुपमा बिरामी पर्न थालेपछि अमेरिकाले चीनमाथि षड्यन्त्रको आरोप लगाएको छ । पछिल्लो समय चीनको ग्वानझोउमा अमेरिकी विदेश विभागमा कार्यरत अमेरिकी अधिकारी मार्क लेन्जी र उनकी श्रीमती रहस्यमय रुपमा बिरामी परेपछि अमेरिकाले यस्तो आरोप लगाएको हो ।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार पछिल्लो पटक लेन्जी र उनकी श्रीमती उठेर हेर्न खोज्दा उनीहरुका आँखा खुलिरहेका थिएनन् । उनीहरुको टाउको पनि अत्यन्तै दुखिरहेको थियो । उनीहरुका छोराछोरीको पनि नाकबाट रगत बगिरहेको थियो । लेन्जी र उनका परिवारलाई पहिले त यो सबै वायुप्रदूषणका कारण भएको जस्तो लाग्यो तर केही दिनपछि उनहिरुलाई महसुस भयो कि उनहिरुको स्मरण शक्ति पनि कमजोर भइरहेको छ ।
चीनमा लेन्जी यस्ता पहिलो अधिकारी होइनन् जसलाई यस किसिमको समस्या भइरहेको छ । यसअघि २०१८ देखि अहिलेसम्म १ दर्जनभन्दा धेरै अमेरिकी अधिकारी यो रहस्यमय रोगको शिकार भएका छन् । त्यसपछि ट्रम्प प्रशासनले चीनमाथि षड्यन्त्रको आरोप लगाएको हो । ट्रम्प प्रशासनलाई लागिरहेको छ कि उसका कूटनीतिज्ञहरु चीनमा मात्र नभइ रुस, क्युबामा पनि यो रहस्यमय रोगको शिकार भइरहेका छन् ।
अमेरिकाले यसरी आफ्ना अधिकारीहरु बिरामी पर्न थालेपछि कुनै गुप्त हतियार वा रासायनिक आक्रमणको सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएको छ । ट्रम्प सरकारले चीनमा आफ्ना अधिकारीहरुलाई भइरहेको रोग हवाना सिन्ड्रोमजस्तै भएको विश्वास गरेको छ । २०१६–१७ मा क्युबाको राजधानी हवानामा पनि २० भन्दा धेरै अमेरिकी अधिकारी यस्तै रोगको शिकार भएका थिए । बिरामी हुनेमा सीआइएका अधिकारी पनि थिए ।







डिसी नेपाल







Facebook Comment