आईपीएलमा स्मिथ र वार्नर भिडदै, दुबैबीचको खेल ‘गर या मर’ को स्थितीमा

डिसी नेपाल
६ कार्तिक २०७७ १४:१४

काठमाडौं । आईपीएल २०२० मा बिहीबार राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच ‘डू वा डाइ’ खेल हुनेछ। दुबै टोलीबीचको खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७.४५ देखि सुरु हुनेछ। गाह्रो परिस्थितीमा दुबै टोलीका अनुभवहीन युवा खेलाडीहरूले खेलमा प्रभाव पार्ने कोशिश गर्नेछन्।

सनराइजर्सका प्रणम गर्ग र अब्दुल समद हुन वा रोयल्सका कार्तिक त्यागी र रायन पराग, दुबै टोलीका युवा खेलाडीहरू सीनियर खेलाडीहरूले अपेक्षित प्रदर्शन नगरेकोले थप दबाबमा छन्। ९ खेलमा मात्र ६ अंक जोडेको सनराइजर्स आठ टोलीहरुको अंकतालिकामा तलबाट दोस्रो स्थानमा छ । पछिल्लो खेलमा चेन्नई सुपर किंग्स विरूद्ध ठूलो जितपछि रोयल्स टोली सनराइजर्स भन्दा एक स्थान माथि छ र उसको ८ अंक छ। प्ले अफमा संभावान जिवितै राख्नको लागि सनराइजर्सले उनीहरूको बाँकी ५ खेलहरू जित्नुपर्नेछ, जबकि रोयल्सले विजयी गतिलाई कायम राख्न चाहन्छन । टोलीले आजको खेलमा विदेशी खेलाडीहरूले अघिल्लो खेलमा चेन्नई बिरूद्ध देखाएको जस्तो प्रदर्शनको आशा राख्नेछ। आईपीएलका खेलहरु अन्तिम चरणमा बढीरहेको अवस्थामा दुबै टोलीको बाटो त्यती सहज देखिदैन । यस्तो अवस्थामा टोली खेलमा चुक्ने अवस्था पनि छैन । रोयल्सले यस अघिका खेलहरुमा दुई ठुलो ब्योहोरेपछि पछिल्लो खेलमा विजयी हासल गरेको छ र सनराइजर्स विरुद्वको खेलमा जितको दावेदारी प्रस्तुत गर्नेछ । सनराइजर्सले यसअघिको खेलमा नाइटराइडर्स विरुद्व दोस्रो सुपर ओभरमा हार ब्याहोरेको थियो ।

रोयल्समा जोफ्रा आर्चरले आक्रमक बलिङको अगुवाई गरिरहेका छन । श्रेयस गोपाल र राहुल तेवतियाको स्पिन जोडीले चेन्नई विरुद्वको खेलमा बिचका ओभर हरुमा शानदार प्रदर्शन गरेका थिए । त्यसकारण बिहीबारको खेलमा कप्तान स्मिथले बलहरुबाट राम्रो प्रदर्शनको अपेक्षा गर्नेछन । चेन्नई विरुद्वको खेलमा जोस बटलरले ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए जसकारण स्मिथले खेल बिना दबाब खेलेका थिए । तर रोयल्सलाई खेलाडीहरु बिच ब्याटिङ साझेदारीको पनि आवश्यकता रहेको छ । अलराउन्डर बेन स्टोक्सले अहिले सम्म सोचे अनुरुप प्रदर्शन गर्न सकेका छैनन । साथै रोबिन उथप्पा पनि टोलीका सबैभन्दा कमजोर कडीको रुपमा साबित भईरहेका छन । यस्तो अव्सथामा स्मिथले भारतीय खेलाडी मनन वोहरालाई मौका दिन सक्छन । सुरुवाती खेलहरुमा लगातार दुई अर्धसतक बनाएका सन्जु स्यामसनको प्रदर्शन पनि टोलीको लागि टाउको दुखाई सावित भएको छ ।

अर्को तर्फ नाइटराइडर्स विरुद्व दोस्रो सुपर ओभरमा हार ब्याहोरेको सनराइजर्सले बिहीवारको खेलमा कमब्याक गर्छ या गर्देन त्यो पनि हेर्न बाकि नै छ । डेभिड वार्नर टोलीको उक्त हारबाट पक्कै दुखीः देखिन्छन तर टोलीले हारबाट पाठ पक्कै सिकेको हुनुपर्छ र आशा छ बिहीवारको खेलमा टोलीले रणनीतीमा परिर्वतन गर्नेछ । चोटका कारण तिव्र गतिका बलर भुवनेश्वर कुमार र अलराउन्डर मिशेल मार्श बाहिर हुँदा टोली असन्तुलन देखिन्छ । यस्तो अवस्थामा टोलीलाई बलियो बनाएर अगाडी लैजाने दबाब कप्तान वार्नरलाई रहेको छ । बिशेषत टोली ब्याटसम्यानहरुमा निर्भर रहेको छ र ती चार ब्याटसम्यानहरुमा जोनी बेयरस्टो, मनीष पान्डे, केन विलियमसनर र कप्तान वार्नर आफै हुन ।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *