स्वास्थ्यकर्मीलाई निःशुल्क ‘गधा चिकित्सा’, गधालाई अंकमाल गर्छन् डाक्टरहरु
काठमाडौं। कोरोनाभाइरसको महामारी फैलिएको लामो समय भइसकेको छ । महिनौंदेखि विश्वभरका स्वास्थ्यकर्मीहरु यो महामारीसँग जुधिरहेका छन् । यो महामारीको प्रकोपले विश्वलाई यतिसम्म गाँजिरहेको छ कि लगातार एउटै कामले स्वास्थ्यकर्मीलाई अत्यन्तै थकित र तनावग्रस्त बनाइरहेको छ । कोरोना महामारी र अत्यन्तै व्यस्त दैनिकीका कारण स्वास्थ्यकर्मीहरु अब डिप्रेसनको शिकार हुन थालेका छन् ।
यस्ता स्वास्थ्यकर्मीहरुलाई मानसिक समस्याबाट राहत दिलाउने उद्देश्यले स्पेनमा गधाको सहारा लिन थालिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार स्पेनमा डाक्टर र मेडिकल स्टाफलाई निःशुल्क गधा चिकित्सा दिन थालिएको छ ताकि उनीहरुले तनावबाट मुक्ति पाउन सकुन् । यो विधिलाई पशु सहायता चिकित्साको रुपमा चिनिन्छ । यो उपचारमा गधाको माध्यमबाट तनाव, अवसाद, चिन्ता लगायत शारीरिक र मानसिक विकार हटाउन सहयोग गरिन्छ ।
यो थेरापीको क्रममा मानसिक रुपमा समस्याग्रस्त मानिसहरु गधालाई अंकमाल गर्छन् जसबाट उनीहरुलाई राहत महसुस हुन्छ । ‘द ह्याप्पी लिटिल डंकी’को सेवा दिने एल बुरितो फेलिजको २३ गधाहरुसहित एक गैर नाफामुलक संस्था छ । उनले पहिले पनि अल्जाइमरका रोगी र यस्ता समस्या भएका मानिसहरुसँग काम गरेका छन् । यस किसिमको चिकित्सा घोडाहरुसँग पनि सम्बन्धित हुन्छ । विशेषज्ञहरुका अनुसार गद्दाहरु आफ्नो कोमल स्वभावका कारण मानसिक र भावनात्मक विकार हटाउने काममा सहयोग गर्न अनुकूल हुन्छन् ।

अस्पतालमा काम गर्ने २५ वर्षका मर्लेस भन्छन् ‘स्थिति पहिलेको तुलनामा निकै खराब छ । जो हामीले पहिले नै गरिसकेका थियौं अब फेरि त्यही भइरहेको छ ।’ उनी अहिले देशको अर्को भागमा काम गरिरहेका छन् किनकि स्पेनले कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको छ । उनका अनुसार लगातार बिरामीको उपचार र अस्पतालमा धेरै भन्दा धेरै बिरामी मानिसहरु भएका कारण डाक्टरहरुलाई पनि तनाव भइरहेको छ ।
मर्लेसका अनुसार यी गधाहरुको साथमा त्यहाँ भएका कारण सहकर्मीहरुको बीचमा बढ्ने तनाव कम गर्न वास्तवमै सहयोग भइरहेको छ । डाक्टर गधा परियोजनाको सुरुवात जूनको अन्त्यमा भएको थियो । त्यतिबेला यो एक अलग किसिमको भाइरससँग जुधिरहेका बिरामीहरुलाई राहत दिने एक तरिकाको रुपमा सुरु गरिएको थियो । कोरोनाभाइरसबाट स्पेनका ३३ हजार ४ सय जनाको ज्यान गइसकेको छ ।







डिसी नेपाल







Facebook Comment