जनतालाई निःशुल्क कोरोना भ्याक्सिन दिन्छु भन्दा भारतीय प्रधानमन्त्रीको पार्टीविरुद्ध मुद्दा

डिसी नेपाल
६ कार्तिक २०७७ १६:४३
456
Shares

पटना। बिहार विधानसभा निर्वाचनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले बिहीबार आफ्नो संकल्प प्रस्ताव जारी गर्यो । संकल्प प्रस्तावमा बीजेपीले कैयौं बाचा गरेको छ । तर, यीमध्येको एक बाचाका विषयमा विवाद भएको छ । बीजेपीले संकल्प प्रस्तावमा आफू सत्तामा आएपछि बिहारमा सबै जनतालाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ जुन विवादित भएको छ । अब यो विवाद निर्वाचन आयोगमा पुगेको छ ।

अभियन्ता साकेत गोखलेले भाजपाको यो बुँदाविरुद्ध निर्वाचन आयोगमा मुद्दा दर्ता गराएका छन् । उनले भाजपाले राज्यमा यसरी भ्याक्सिन उपलब्ध गराउने बाचा गर्नु केन्द्र सरकारको शक्तिको दुरुपयोग भएको उल्लेख गरेका छन् । उनले उजुरीमा यो कुनै बीजेपी नेताले नभइ देशकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले गरेको घोषणा भएको बताएका छन् । केन्द्रमा बीजेपीको सरकार भएको अवस्थामा सो सरकारको शक्तिको दुरुपयोग गर्दै राज्यमा आफ्नो चुनाव प्रचार गरिएको गोखलेले आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.