अफगानिस्तानमा १२ तालिवान लडाकु मारिए

डिसी नेपाल
७ कार्तिक २०७७ १७:५१
80
Shares

काबुल । सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिएका छन् । मारिएका मध्ये छ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् । घटनामा परी अरु सात जना घाइते भएका छन् । देशको पूर्वी क्षेत्रमा रहेको नान्गारहार प्रान्त अन्तर्गत पर्ने खोग्यानी जिल्लाको डान्डो भन्ने ठाउँमा घटना भएको प्रान्तीय गभर्नरको कार्यालयका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

“घटनामा परी १२ जना तालिवान विद्रोही मारिएका छन्, ती मध्ये छ जना पाकिस्तानी नागरिक रहेका छन, अरु सात जना घाइते भएका छन्,” गभर्नरको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । घटनास्थलबाट सुरक्षाकर्मीहरुले अन्य केही हतियारहरु समेत बरामद गरिएको जानकारी दिएका छन् । घटनामा परी अन्य सर्वसाधारण र सरकारी सुरक्षाकर्मी तर्फ भने कुनै क्षति नभएको पनि सरकारी सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.