हिमालय क्षेत्रमा ८ रेक्टरभन्दा ठूलो भूकम्पको चेतावनी, काठमाडौं नराम्ररी प्रभावित हुन सक्ने

डिसी नेपाल
८ कार्तिक २०७७ ११:१५
5.6k
Shares

काठमाडौं। वैज्ञानिकहरुले हिमाय क्षेत्रमा ठूलो भूकम्पको चेतावनी दिएका छन् । पूरै हिमालय क्षेत्र भूकम्पहरुको लगातार धक्काको साथै अर्को ठूलो धक्काको लागि तयारी अवस्थामा रहेको र त्यो ठूलो धक्का ८ म्याग्नेच्युड वा सोभन्दा बढीको हुन सक्ने वैज्ञानिकले बताएका छन् । त्यो ठूलो धक्का हाम्रो जीवनकालमा आउन सक्ने भौगोलिक, ऐतिहासिक तथ्यांकमा आधारित रहेर गरिएको एक अध्ययनमा खुलासा भएको हो । हिमालय आसपासमा घना बस्ती भएका क्षेत्रमा मानवीय क्षतिको परिमाण अभूतपूर्व हुने सकेत वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

अगष्टमा सिस्मोलोजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित यो अध्ययन यहाँको चट्टानको सतहको जाँच, माटोको जाँच र रेडियोकार्बन विश्लेषणमा आधारित छ । ‘भारतको अरुणाचल प्रदेशको पूर्वी छेउदेखि पश्चिममा पाकिस्तानसम्म फैलिएको हिमालय क्षेत्र विगतमा पनि ठूला भूकम्पको केन्द्र रहिसकेको छ’ अध्ययनका लेखक स्टेभेन जी वेस्नोस्कीले समाचार एजेन्सी पीटीआइसँग भने ‘यस्ता भूकम्पहरु फेरि पनि उत्पन्न हुनेछन् र यदि अर्को ठूलो भूकम्प हाम्रो जीवनकालमा उत्पन्न भयो भने कुनै आश्चर्य हुने छैन ।

वेस्नोस्की जियोलोजी र सिस्मोलोजीका प्राध्यापक तथा अमेरिकाको युनिभर्सिटी अफ नेवाडा विश्वविद्यालयको सेन्टर फर नियोटेक्टोनिक स्टडिजका निर्देशकसमेत हुन् । अर्का सिस्मोलोजिस्ट सुप्रियो मित्राले यो अध्ययन र यसअघिका अध्ययनहरुसँग समानता पाइएकाने बताए । ‘यो अध्ययन यसअघि हिमालयन भूकम्पका विषयमा भएका सिस्मोलोजिकल अध्ययनहरुको गहन समीक्षा र यसबाट प्राप्त नतिजाको आधारमा भविष्यमा हुन सक्ने घटनाको पूर्वानुमान हो’ इण्डियन इन्स्टिच्युट अफ साइन्स एजुकेशन एण्ड रिसर्च कोलकातामा डिपार्टमेन्ट अफ अर्थ साइन्सेजका प्रोफेसर मित्राले भने ।

वैज्ञानिकहरुका अनुसार हिमालय रेन्जको नजिक रहेका ठूला शहरहरु यसबाट सबैभन्दा धेरै प्रभावित हुनेछन् । हिमालय फ्रन्टल थर्स्ट नजिकका मुख्य शहरहरु नेपालको काठमाडौं, भारतका चण्डीगढ र देहरादून यो भूकम्पबाट सबैभन्दा बढी प्रभावित हुन सक्नेछन् । यो भूकम्पको धक्का अझै ठूलो भएर भारतको राजधानी दिल्लीसम्म पनि पुग्न सक्ने प्रोफेसर वेस्नोस्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.