विश्वभर कोरोना : साढे ४ लाख बढि संक्रमित थपिए, साढे ५ हजारको मृत्यु

डिसी नेपाल
९ कार्तिक २०७७ ६:४९
72
Shares

काठमाडौं । विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा ४ लाख ५१ हजर ६ सय बढि कोरोनाका संक्रमितहरु थपिएका हुन्। यो सँगै विश्वमा हालसम्म कोरोनाका संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार बढि रहेको छ।

तथ्यांक अनुसार २४ घण्टामा मात्र कोरोनाका कारण ५ हजार ५ सय बढिले ज्यान गुमाएका छन्। गत वर्षको डिसेम्बरमा चीनबाट देखिएको कोरोना भाइरसले हालसम्म ११ लाख ५४ हजार ३ सय बढिको ज्यान लिइसकेको छ। विश्वमै सबैभन्दा बढि अमेरिकामा २ लाख ३० हजार बढिको कोरोनाका काराण ज्यान गएको छ।

गत २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ७८ हजार ६ सय ७१ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ लाख २७ हजार १ सय बढि रहेको छ। गत २४ घण्टामा कोरोनाकै कारण अमेरिकामा करिव ८ सयले ज्यान गुमाउनु परेको छ।

अमेरिकापछि विश्वका कोरोना प्रभावित भएको अर्को देश हो भारत । भारतमा गत २४ घण्टामा ५० हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा हालसम्म ७८ लाख ६३ हजार ८ सय बढि रहेको छ। यो सँख्या अमेरिकाको तुलनामा करिव १० लाख कम हो। भारतमा हालसम्म १ लाख १८ हजार बढिले कोरोनाका कारण ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र ५ सय बढिको कोरोनाका कारण मृत्यु भएको छ।

पछिल्ला ३ दिनमा फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेको छ। ३ दिन अघि ४१ हजार संक्रमित थपिएका थिए भने हिजो ४२ हजार कोरोनाका नयाँ संक्रमितहरु फ्रान्समा थपिएका थिए। यस्तै गत २४ घण्टामा फ्रान्समा ४५ हजार ५ सय बढिकोरोनाका संक्रमितहरु थपिएको तथ्यांकले देखाएको छ। योसँग फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या १० लाख ८६ हजार रहेको छ। यस्तै हालसम्म फ्रान्समा कोरोनाबाट ३४ हजार बढिको ज्यान गएको छ भने गत २४ घण्टामा मात्र १ सय बढिले ज्यान गुमाएका छन्।

यस्तै कोरोनाबाट तेस्रो नम्बरमा प्रभावित देश हो ब्राजिल। ब्राजिलमा गत २४ घण्टामा २५ हजार बढि कोरोनाका संक्रमितहरु थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५३ लाख ८१ हजार २ सय बढि रहेको छ। हालसम्म ब्राजिलमा कोरोनाका कारण १ लाख ५६ हजार बढिको ज्यान गएको छ भने गत २४ घण्टामा ३ सय बढिको मृत्यु भएको छ।

गत २४ घण्टामा यूकेमा २३ हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै, इटालीमा १९ हजार बढि, बेल्जियममा १७ हजार बढि, रसियामा १६ हजार बढि, पोल्याण्डमा १३ हजार बढि र अर्जेन्टिनामा ११ हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *