बेंगलोरलाई पाखा लगाउँदै मुम्बई आईपीएलको प्लेअफमा
काठमाडौं। यूएईमा जारी आईपीएल २०२०को प्लेफमा पुग्ने पहिलो टिम मुम्बई इण्डियन्स बनेको छ। बुधबार अबुधाबीमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गदैं मुम्बईले अंक तालिकामा १६ अंक जोडेसँगै प्लेअफमा प्रवेश गरेको हो।
बुधबार टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएको थियो। मुम्बईका फास्ट बलर जसप्रित बुमराहले घातक बलिंग गरेपछि बेंगलोरले ६ विकेटमा १६४ रन मात्र बनाएको थियो। जवाफी ब्याटिंग गरेको मुम्बईले ४ विकेट गुमाएर लक्ष्य भेटाउँदे ६ विकेटको सहज जित हात पार्यो।
मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट ७९ रन बनाए। बुमराहले ३ विकेट लिएका थिए।
उता हारपछि पनि बेगलोर अंक तालिकाको दोस्रो स्थानमा यथाावत छ। हाल बेंगलोरको १४ अंक छ। उसलाई प्लेअफमा पुग्न एक जित आवश्यक छ भने खेल्न दुई खेल बाँकी छन्।
यस्तै अंक तालिकाको तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको पनि १४ अंक छ। उसले पनि एक खेल जिते प्लेअफ पक्का गर्ने छ। उसका पनि दुई खेल बाँकी छन्।
प्लेअफका लागि चौथो टिमका लागि भने कोलकाता नाइटराइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र किंग्स एलेभन पञ्जावबीच प्रतिष्पर्धा छ। चेन्नई सुपरकिंग्स भने प्लेअफ दौडबाट बाहिरिएको छ।







डिसी नेपाल








Facebook Comment