आईपीएलको ५० औं खेलमा राजस्थानलाई प्रतियोगितामा रहने अन्तिम मौंका, पञ्जाब ७ औं जीतको खोजिमा
काठमाडौं । आईपीएलको १३ औं सिजनको ५० औं खेल किंग्स इलेवन पञ्जाब र राजस्थान रोयल्स बीच शुक्रवार अबुधाबीमा हुनेछ । यो खेल राजस्थानको लागि एलिमिनेटर जस्तै रहेको छ। यदि स्मिथको टोली यो खेलमा पराजित भएमा, उसको लागि प्लेअफका ढोकाहरु बन्द हुनेछ र चेन्नई पछि प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्ने छ। यसैबीच पञ्जाबले प्रतियोगितामा ७ औं जीत दर्ता गरेर अंक तालिकामा आफुलाई चौथो स्थान कायम राख्न चाहन्छन । यसअघि पञ्जाब विरुद्व नै राजस्थानले आईपीएलमा सर्वाधिक ठुलो लक्ष्य पुरा गरेको थियो। शारजाहमा खेलिएको सिजनको नवौं खेलमा पहिलो ब्याटिङ गर्दै २ विकेट गुमाएर पञ्जाबले २२३ रन बनाएको थियो। जवाफमा राहुल तेवाटियाको तिव्र गतिको इनिङमा राजस्थानले ३ बल बाँकी रहेको ६ विकेट गुमाएर खेल जितेको थियो । अंक तालिकाको कुरा गर्दा पञ्जाब १२ अंकको साथ चौथो र राजस्थान १० अंकको साथ सातौं स्थानमा छ। सुरुवाती ५ खेल गुमाएको पञ्जाबले पछिल्लो ५ खेल लगातार जितेर प्रतियोगितामा फर्किएको छ। दुबै टोलीले आफ्ना पछिल्ला खेलहरू जितेका छन्। पञ्जाब कोलकात्ता तथा राजस्थानले मुम्बईलाई पराजित गरेको छ ।
कप्तान स्टीव स्मिथ र बेन स्टोक्स राजस्थानका सब भन्दा महँगो खेलाडी हुन् जसको मूल्य १२.५० र १२.५० करोड भारतीय रुपैंया रहेको छ। त्यस्तै पञ्जाबका कप्तान लोकेश राहुल ११ करोड र ग्लेन म्याक्सवेल १०.७५ करोड भारतीय रुपैंयामा टोलीका सबैभन्दा महँगो खेलाडी हुन्। पञ्जाबका कप्तान लोकेश राहुल र उनका साथी ओपनर मयंक अग्रवाल उत्कृष्ट फर्ममा रहेका छन्। राहुलले जारी सिजनमा सर्वाधिक ५९५ रन बनाएका छन। यसैबीच मयंक अग्रवालले ३९८ रन बनाएका छन। दुबै खेलाडीहरूले जारी सिजनमा शतक पनि बनाएका छन । राजस्थानको ब्याटिङ जिम्मेवारी सन्जु स्यामसन र स्टीव स्मिथमा हुनेछ। जारी सिजनमा स्यामसनले ३२६ र स्मिथले २७६ रन बनाएका छन। पछिल्लो खेलमा शतक बनाएका बेन स्टोक्स राजस्थानको लागि राम्रो फर्ममा रहेका छन्। पञ्जाबका तिव्र गतिका बलर मोहम्मद शमीले जारी सिजनमा २० विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीमा तेस्रो स्थानमा रहेका छन्। पहिलो नम्बरमा दिल्ली क्यापिटलका कागिसो रबाडा (२३ विकेट) र दोस्रो नम्बर मुम्बई इन्डियनका जसप्रीत बुमराह (२० विकेट) रहेका छन्। राजस्थानको बलिङको जिम्मेवारी तिव्र गतिका बलर जोफ्रा आर्चरमा रहनेछ।आर्चरले जारी सिजनमा १७ विकेट लिएका छन्।आर्चर सबैभन्दा बढि डटबलहरू फ्याकने क्रममा अगाडी रहेका छन । उनले सिजनमा अहिलेसम्म १४७ डटबल गरेका छन्।
मौसमको कुरा गर्दा खेलको समयमा अबुधाबीको आकाश खाली रहनेछ। याहाँको तापक्रम २३ देखी ३२ डिग्री सेल्सियस बीच हुन सक्छ। यहाँको पिचले ब्याट्सम्यानलाई मद्दत गर्न सक्छ। ढिलो विकेट भएमा स्पिनरलाई पनि धेरै मद्दत पुर्याउँन सक्छ। यो पिचमा टस जित्ने टिमले पहिले बलिङ गर्न मन पराउँनेछ। जारी आईपीएल अघि याहाँ भएको ४४ टी–२० खेलमा पहिलो बलिङ गर्ने टोलीको जीत ५६.८१ प्रतिशत रहेको छ । पहिलो आईपीएलको उपाधि (२००८) मा जित्ने राजस्थान रोयल्सले अहिलेसम्म आईपीएलको लिगमा १५९ खेल खेलेको छ, जसमध्ये ८० मा जीत र ७७ हार ब्योहोरेको छ भने २ खेल नजिता बिहीन रहेको छ। आफ्नो पहिलो उपाधिको प्रतिक्षामा रहेको पञ्जाबले खेलेको १८८ खेलहरु मध्ये ८८ मा जीत र १०० मा हार ब्योहोरेको छ । योसँगै लिगमा, रोयल्सको जीत ५६.६३ प्रतिशत र पञ्जाबको ४६.२७ प्रतिशत रहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment