जुम्लामा डिजिटल कर प्रणाली

डिसी नेपाल
१५ कार्तिक २०७७ ८:००
68
Shares

जुम्ला । जिल्लाकाे हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ। गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो।

गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो।

पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उनले बताए। सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुटयाइएको छ।

व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैया कर तोकिएको उनले बताए।

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सुचना प्राविधिक अधिकृत रावतले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *