आईपीएलको ५१ औं खेलमा मुम्बईले टस जितेर बलिङ गर्दे
काठमाडौं । आईपीएल २०२० को ५१ औं खेलमा मुम्बईले पहिले बलिङ गर्ने भएको छ । दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्स बिचको खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने भएको हो । आजको खेल दिल्लीको लागि महत्वपूर्ण रहेको छ । मुम्बई सँगको खेल दिल्लीले जितेमा टोली आईपीएलको प्लेअफमा पुग्नेछ । मुम्बईले अहिले सम्म खेलेको १२ खेल मध्ये ८ मा जित र ४ मा हार ब्योहोरेको छ । टोली १६ अंक र १।१८६ रनरेट सहित अंक तालिकाको शिर्षमा रहदै आफ्नो स्थान प्लेअफमा सुरक्षित गरेको छ । १२ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।
दिल्ली क्यापिटल्स : पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), शिमरोन हेटमायर, मार्कस स्टोइनिस, प्रवीण दुबे, कगिसो रबाडा, रविचन्द्रन अश्विन, हर्षल पटेल र एनरिच नॉर्त्जे ।
मुम्बई ईन्डियन्स : क्विन्टन डिकोक (विकेटकीपर), ईशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, क्रुणाल पान्ड्या, किरोन पोलार्ड (कप्तान), नाथन कूल्टर–नाइल, जयन्त यादव, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।







डिसी नेपाल








Facebook Comment