सप्तरी क्रिकेट संघको बार्षिक साधारण सभा सम्पन्न
राजबिराज । सप्तरी क्रिकेट संघको बार्षिक साधारण सभा शनिवार राजबिराजमा सम्पन्न भएको छ । पत्रकार महासंघ सप्तरीको सभाहलमा सम्पन्न साधारण सभामा संघका सचिव चन्दन यादवले बार्षिक प्रतिवेदन पेश गर्दै गत बर्ष संचालित प्रतियोगिता तथा प्राप्त उपलब्धी बारे जानकारी गराएका थिए । सचिव यादवद्धारा पेश गरिएको प्रतिवेदनमा संघले गत बर्ष कोरोना महामारी पुर्व संचालन गरेको गतिविधीहरु बारे बिस्तृत रुपमा जानकारी गराईएको थियो ।
सचिव यादवले पेश गरेको प्रतिवेदनमा यस बर्ष सरकारले खेलकुद गतिविधी संचालन गर्न दिए पुर्ण सावधानी अपनाई मेयर कप सप्तरी प्रिमियर लिग सिजन ३, सप्तरी महिला प्रिमियर लिग सिजन २, अम्पाएर कप जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, अम्पाएर स्कोरर तालिम लगायतका गतिबिधी संचालन गर्ने रहेको छ । उक्त गतिविधी संचालनका लागि करिव ४२ लाख ६० हजार को अनुमानित बजेट खर्च हुने जनाईएको छ ।
सामाजिक दुरी कायम राख्दै संचालन गरिएको उक्त कार्यक्रममा साधारण सदस्य बाहेककालाई उपस्थिती गराइएको थिएन । कार्यक्रममा संघका कोषाध्यक्ष तुलानाथ माझीद्धारा लेखा प्रतिवेदन अन्र्तगत गत बर्ष ३१ लाख १८ हजार २ सय १८ रुपैयाको बिवरण पेश गरिएको थियो । जस अन्र्तगत सप्तरी प्रिमियर लिग सिजन २ संचालनका लागि २० लाख १३ हजार ६ सय १ रुपैया खर्च भएको थियो भने सप्तरी महिला प्रिमियर लिग संचालनको लागि ९ लाख ८९ हजार ५० रुपैया खर्च भएको थियो । संघले आफना नियमित खेलाडी तथा पदाधिकारीहरुको कोभिड बिमा गराउनुको साथै अन्य खर्चको बिवरण समेत पेश गरिएको थियो ।
कार्यक्रममा गत बर्ष संचालित मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गरेका रुपनी रायर्डसका अनुज यादवलाई पुर्व क्रिकेटर दिपेन्द्र चौधरीले प्रायोजन गरेको क्रिकेट ब्याट प्रदान गरिएको थियो । राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष सतिश कुमार दत्त, पुर्व अन्तराष्ट्रिय खेलाडि दिपेन्द्र चौधरी, तथा योग ११ बरहि बिरपुरका अध्यक्ष रवी रायले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सप्तरी क्रिकेट संघका उपाध्यक्ष धमेन्द्र चौधरीले राखेका थिए भने कार्यक्रमको संचालन संघका सचिव चन्दन यादवले गरेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment