आईपीएलमा मुम्बईद्वारा दिल्ली ९ विकेटले पराजित
काठमाडौं । युएईमा जारी आईपीएल २०२० अन्तर्गत मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स बीचको खेलमा मुम्बई ९ विकेट विजयी भएको छ । दिल्लीले मुम्बई सामु प्रस्तुत गरेको १११ रनको सामान्य लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर मात्र ११० रन बनायो । दिल्लीका लागी कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाए । सुरुवाती ओभर देखी नै खराब प्रदर्शन गरेको दिल्लीका लागी अन्य खेलाडीहरुमा ऋषभ पन्त (२१), रविचन्द्रन अश्विन (१२), कगिसो रबाडा (१२), पृथ्वी शा (१०) र शिमरोन हेटमायरले (११) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेन । बलिङमा मुम्बईका लागी ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन दिएर ३ विकेट र जसप्रीत बुमराहले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । मुम्बईका अन्य खेलाडीहरु नाथन कूल्टर–नाइल र राहुल चाहरले एक–एक विकेट लिए ।
मुम्बईका लागी ईशान किशनले अविजित पारी खेल्दै ४७ बलमा ८ चौंका र ३ छक्काको मद्दतले ७२ रन बनाए । मुम्बईका लागी क्विन्टन डिकोकले २६ तथा सूर्यकुमार यादवले अविजित १२ रन बनाए । बलिङमा दिल्लीका एनरिच नॉर्त्जे मात्र १ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment