बैंग्लौरसँगको जीतपछि हैदराबाद चौथो स्थानमा

डिसी नेपाल
१६ कार्तिक २०७७ १३:४३
104
Shares

काठमाडौं । सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लौरलाई हराउँदै इन्डियन प्रिमियर लिगको अङ्कतालिकाको चौथो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा रहेको बैंग्लौरले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ । हैदराबाद र बैंग्लौर दुबैको अन्तिम चारमा पुग्ने सम्भावना जिवितै छ । यद्दपी लगातार तीन खेलमा हार बेहोरेको बैंग्लौरले आफ्नो अन्तिम खेलमा जित्नैपर्ने हुन्छ । हैदराबादको १२ अङ्क छ । दोस्रो स्थानको बैंग्लौरको १४ र तेस्रो स्थानको दिल्लीको १४ ङ्क रहेको छ ।

बैंग्लौरले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य हैदराबादले ३५ बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । उसको जितमा ऋधिमन साहले सर्वाधिक ३९ तथा मनिष पाण्डे र जैसन होल्डरले सामान २६ रनको योगदान दिए । बैंग्लौरका लागि युज्वेन्द्र चाहलले सर्वाधिक दुई तथा नवदीप सैनी, वाशिंगटन सुन्दर र इसुरु उडानाले सामान एक एक विकेट लिए ।

यसअघि शारजाँहमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको बैंग्लौरको नियमित अन्तरालमा विकेटको पतन भएपछि ऊ २० ओभरमा सात विकेटको क्षतिमा १२० रनमा समेटिन पुग्यो । उसको पारीमा मध्यक्रमका ब्याट्सम्यान एबी डिभिलियर्सले २४ तथा ओपनर जर्ज फिलिपको ३२ र वाशिंगटन सुन्दरको २१ रन अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । हैदराबादका लागि सन्दीप शर्मा र जैसन होल्डरले सामान दुई दुई विकेट लिए । राशिद खान, शहवाज नदिम र टी नटराजनले एक एक विकेट लिए । खेलको म्यान अफ द् म्याच सन्दीप शर्मा घोषित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.