आईपीएलमा चेन्नई र पञ्जाब भिडदै, चेन्नईले टस जितेर बलिङ गर्दे
काठमाडौं । आईपीएल २०२० को लिग चरण अन्तर्गत ५३ औं खेलमा चेन्नई सुपर किंग्स र किंग्स ईलेभन पञ्जाब भिडदै छ । अबुधाबीमा हुने खेलमा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । अहिले सम्म प्लेअफको दौंडमा रहेको पञ्जाबलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ भने चेन्नईको लागी यो खेल केवल प्रतिष्ठा जोगाउने रहनेछ । राजस्थान रोयल्ससँग ७ विकेटले पराजय ब्योहोरे पछि पञ्जाबको प्लेअफमा पुग्ने सपनामा झटका लागेको थियो तर टोलीको प्लेअफ पुग्ने झिनो सम्भावान अझै बाकी रहेको छ । आजको खेल पञ्जाबले जितेपनि अन्य टोलीहरुको खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
यदि सनराईजर्स हैदराबादले (१२ खेलमा १० अंक) दुबै खेल जितेमा र दिल्ली क्यापिटल्स (१४) र रोयल च्यालेन्जर बेङलोर (१४) बीचको खेलमा जित्ने टोलीको अंक १६ भएमा रनरेटको आधारमा पञ्जाब प्लेअफमा छनौट हुन असफल हुनेछ । तर सनराईजर्सले खेल हारेमा र आजको खेलमा पञ्जाबले चेन्नईलाई पराजित गरेमा उसको प्लेअफ सम्भावान बाँकी नै रहने छ । पञ्जाबको अहिले अंक तालिकामा १३ खेलमा १२ अंक रहेको छ तर रनरेट –०.११३ खराब रहेको छ । अर्को तर्फ चेन्नई लिगको अन्तिम खेलमा जित निकाल्दै यो प्रतियोगिबाट बिदा लिने सोचमा रहेको छ । धोनीको टोलीले प्रतियोगितामा आरसिबी र कोलकत्ता नाईट राईडर्स बिरुद्वको खेल लगातार जितेको छ ।
चेन्नई सुपर किंग्स : फाफ डु प्लेसिस, इमरान ताहिर, ऋतुराज गायकवाड, अम्बाती रायडू, एमएस धोनी (कप्तान तथा विकेटकीपर), एन जगदीशन, स्याम कुरेन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, दीपक चाहर, र लुन्गी एनगिडी
किंग्स ईलेभन पञ्जाब : केएल राहुल (कप्तान तथा विकेटकीपर), मयंक अग्रवाल, जेम्स नीशाम, मनदीप सिंह, क्रिस गेल, निकोलस पूरन, दीपक हुड्डा, क्रिस जोर्डन, मुरुगन अश्विन, रवि बिश्नोई, र मोहम्मद शमी ।







डिसी नेपाल








Facebook Comment