दोस्रो एकदिवसीयमा पाकिस्तानलाई २०७ रनको लक्ष्य

डिसी नेपाल
१६ कार्तिक २०७७ १६:११
100
Shares

काठमाडौं । पाकिस्तानको रावलपिन्डीमा जारी विश्वकप सुपर लिग अन्तर्गत जिम्बावे र पाकिस्तान बीचको दोस्रो एकदिवसीय खेलमा जिम्बावेले पाकिस्तानलाई २०७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरको खेलमा ४५.१ ओभर मात्र खेल्दै अल आउट हुदै २०६ रन बनायो । पाहुना टोलीका लागी शिन विलियम्सले ७५ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उल्लेखनीय योगदान दिन सकेनन । ओपनर ब्रेन चारीले २५ रन बनाउदा अर्का ओपनर तथा कप्तान चामु चिबागा ६ रन बनाउदै हरिश रौफको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच भए । पहिलो एकदिवसीयमा सतकिय पारी खेलेका भरपर्दा ब्याटसम्यान ब्रेन्डन टेलर पनि ३६ रनको ब्यक्तिगत स्कोरमा ईफ्तिखार मोहम्मदको शिकार भए । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका विस्ले माधेवेरेले १० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन ।

पाकिस्तानका लागी ईफ्तिखार मोहम्मदले १० ओभरमा २ मेडन सहित ४० रन दिएर ५ विकेट तथा लिए । हरिश रौफ, फहिम असरफ र इमाद वासीमले एक–एक तथा मोहम्मद मुसाले २ विकेट लिए । २०७ रनको लक्ष्य पाएको पाकिस्तानले केही बेरमा ब्याटिङ गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.